माङसेबुङ : इलामको माङसेबुङ गाउँपालिकामा सार्वजनिक विद्यालयको खरिद, जिन्सी तथा लेखा व्यवस्थापन सम्बन्धी तीन दिने पुनर्ताजकी तालिम सोमबार सुरु भएको छ ।
माङसबुङ गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा भएको तालिममा माङसेबुङका सामुदायिक विद्यलायका प्रधानाध्यापक, जिन्सी तथा लेखा शाखामा कार्यरत शिक्षक कर्मचारी गरी ४० जनाको सहभागिता छ ।
बुधबारसम्म सञ्चालन हुने तालिमको सहजीकरण लेखापाल भपेन्द्र बुढाक्षेत्रीले गरिरहेको माङसेबुङ गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख बुद्धिप्रसाद खतिवडाले जानकारी दिए ।
शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख खतिवडाको अध्यक्षा र माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राईको प्रमुख आतिथ्यतामा भएको उद्घाटन कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत विनोद चौहान, प्रवक्ता सुसन राईलगायतको उपस्थिति थियो । कार्यक्रमको सञ्चालन माङसेबुङ गाउँपालिका जिन्सी शाखा प्रमुख उमेश खत्रीले सञ्चालन गरेका थिए ।