इलामका उत्कृष्ट पर्यटकीय गन्तव्यहरु

इलाम : शरद ऋतुको आगमन संगै आम मानिसमा नयाँ ठाँउ घुम्ने रहर मनमा पैदा हुन्छ । नयां ठाँउ नया परिबेषको अनुभुत गर्ने हुटहुटी मनमा ओइरीने गर्छ । तिनै पर्यटकरुको रुचिमा पर्ने स्थान सुदुर पुर्ब इलाम पनि एक हो, जसले आन्तरीक र बाहय पर्यटकरुको मन जितेको छ र राष्ट्रमा बेग्लै पहिचान बनाएको छ । जहाँ प्रकृतिको अनुपम छटाले भरिएका स्थान छन । बर्षेनी पर्यटकका रुचि र भ्रमणले स्थान पाएका छन । एकछिन चर्चा परीचर्चा गरौ इलाम जिल्लाका पर्यटयि ठाँउहरु र पर्यटनको सम्भावना भएका केहि स्थानहरु ।

श्रीअन्तु डाँडा

नेपालको उत्कृष्ट सुर्याेदय दृश्यावलोकनका रुपमा इलाम जिल्लाको श्रीअन्तु डाँडा प्रसिद्द छ । एकताका युबराज दिपेन्द्र यो ठाउमाँ आएकाले यसलाई दिपेन्द्र शिखर पनि भन्ने गरिन्छ । इलाम फिक्कल बाट पुर्ब तर्फ १४ किलोमीटरको दुरीमा रहको १ घण्टाको मोटर बाटो र सिद्धिखोला पार गरी छिरुवा हुदै श्रीअन्तु डाडाँ पुगिन्छ ।

यो ठाँउ बाट अत्यन्तै सुन्दर सुर्योदयको दृश्यावलोकन गर्न सकिन्छ । साथै यो डाँडा बाट छिमेकी देशका कर्साङ, दार्जिलिङ, कालेम्पोङ र बिहानिको सुर्यकिरणमा कञ्चनजगा हिमाल टल्किदा कुनै सुन्दरीले दन्त लहर टल्काएझै देखिन्छ । तसर्थ यहाँ हजारौ पर्यटकहरु आन्तरीक रुपमा र बाहय रुपमा आउने गर्दछन । हरिया चियाका बुटयानले पर्यटकलाइ लुकामारी खैलौ खैलो जस्तो आकर्षीत गर्दछ । साथै झिलमा डुंगा चलाएर रमाइलो गर्नुको आनन्दनै बेगल हुन्छ । यहाँको आकर्षक जिवन शैलीले पर्यटकलाई मोहित गर्नुका साथै यहाँको लोपन्मुख लेप्चा जातिहरुको लेप्चा संग्राहलय र लेप्चा जातिहरुको संस्कार संस्कृतिहरुले अझ पर्यटनको रौनकता थपेको छ ।

यहाँ पर्यटकहरुको सुबिधाको लागि गाँउमा सुपथ मुल्यमा होमस्टेको सुविधा र होटेलहरुको सुबिधा पनि रहेको छ । साथै पर्यटकहरुका सुबिधाका निम्ति कट्टेजको सुबिधा प्राप्त छ । तसर्थ पर्यटनको लागि यो ठाँउ पर्यटनको लागि उपयुत्त छ भने सुर्यावलोकनका लागि कार्तिक मँसिरको मौषम उपयुत्त भएको बताउछन ।

कन्याम

इलामको सबैभन्दा बढि मात्रामा पर्यटकहरुको रोजाइको ठाँउ हो कन्याम चिया बगान । यो पर्यटकिय स्थल इलाम मेचि राजमार्ग अन्तर्गत( सुर्योदयन नगरपालिका) साबिक फिक्कल गाबिसमा पर्दछ । इलाम सदरमुकाम देखि १२,१३ किलोमिटर दुरीमा पर्ने पक्की मोटरबाटो अन्तर्गत झापा बिर्तामोड बाट एक घण्टाको मोटर यात्रा पछि फिक्कलको कन्याम चियाबगान आई पुगिन्छ ।

कन्याम चियाबगानको सुन्दरता अवलोकन गर्नलाई दिनमा हजारौ आन्तरीक र बाहय आगन्तुकहरु यो कार्तिक र मंसिर महिनामा आउने गर्दछन । यहाँको सुन्दरता देखेर जो कोहि पनि मन्त्रमुग्ध हुने गर्दछन । कन्याम क्षेत्रवरिपरी चारैतिर चियाका हरीयाली बुटयान देख्दा जो कसैलाई पनि यो ठाँम संग अजम्बरी साइनो गास्न मन पर्दछ । यहाँको पिकनीक स्पटहरु बिशेष गरी कार्तिक र मंसिर महिनामा भरीभराउ देख्दा र कन्याम मोह देख्दा साचिनै यो ठाँउ स्वर्गको अप्सराभैm भान हुन्छ । यहाँको मनोरञ्जनका रुपमा घोड चढि,दृश्यावलोकनका लागि भारतका दार्जिलिङ, कालेम्पोकोङ दृश्यावलोकनका लागि पनि यो उपयुक्त छ । त्यस्तै एकाबिहानै सूर्यको लालीकिरणमा कञ्चनजंगा र कुम्भकर्ण चादि जस्तो छचल्कीएको दृश्यलै मनै फुरुङग पार्दछ ।

आगन्तुक पर्यटकहरुको सहजताको लागि अहिले यो ७ँउमा अत्याधुनिक हो६ेल लजहरुको सुबिधाहरु प््रादान गराउने प्रयास गरेको पाइन्५ । बिशेषत कार्तिक र मंसिरमा जा८ो याम लागिसकेको हुनाले यतिखेर ३ूम्न आउने पर्य६कहरुका लागि न्यानो पहिरन र तातो खानपानको जरुरत पर्द५ । तसर्थ कन्याम चियाबगानको सुन्दरता महशुष नगर्ने जो कोहि नवआगन्तुक पर्य६कको लागि यो ७ाउ अबिश्मर०ाीय र अजिव लाग्नेछ ।

पाथिभरा

इलामको धार्मिक पर्यटकिय स्थल हो पाथिभरा । बिगत बर्षहरु देखि अत्यन्तै धार्मिक पर्यटकहरुलाई आकर्षण गर्ने केन्द्र बनेको छ पाथिभरा । म्ोचि राजमार्ग कोल्बूङ सडक खण्ड अन्तर्गत पर्ने यो धार्मिक स्थल इलाम सदरमुकाम बाट २ घण्टाको मोटर बाटोको यात्रा र झापा बिर्तामोड बाट एक घण्टाको मोटर याात्रा पछि सितलताको आभाष प्राप्त गर्दै पाथिभरा आईपुगीन्छ ।

धार्मिक पर्यटकिय स्थल पाथिभराको बिशेषता अन्य पर्यटकिय क्षेत्र अरु भन्दा भिन्न छ । आगन्तुकहरु शूद्द मन र बिचारले यो ठाँउमा आएर भाकल गर्ने अध्यात्मिक आनन्द लिनका लागि पनि घुम्न आउदछन । चारैतिर घना जंगल र पहाडको उच्च थुम्कामा रहेकोले यो ठाँउ सून्दर र शान्त स्थानमा रहेको छ । बिगत बर्ष देखि धार्मिक आगन्तुकहरु दिनानु दिन बढ्दै गएकोले यसको प्रसिद्दि बढ्दै गएको महशुस हून्छ ।

यो पाथिभरामा आउने आगन्तुकहरुका सूबिधाका लागि होटेल लजहरुको सूबिधा अहिले आएर थपिदै गएको छ । कन्याम र फिक्कल बजारको दुरी नजिक भएको हुनाले पर्यटकहरुले खान बस्नका लागि असूबिधा खेप्नु पर्दैन । तसर्थ धार्मिक आस्था र बिचार भएका पर्यटन प्रेमि आगन्तुक पाहुनाका लागि यो ठाँउ बिशेष बन्न सक्दछ ।

माइपोखरी

इलामको माइपोखरी इलाम जिल्लामा घुम्नै पर्ने स्थान मध्ये एक हो । नेपालको ९ वटा सिमसार क्षेत्र घोषणा गरीएको मध्ये(सन २००८) एक इलामको माइपोखरी पनि एक हो । इलाम सदरमुकाम बाट १५ किलोमिटर उक्तर पुर्वमा रहेको यो तालको विषेशता अनौठो र विचित्रको छ ।

नवदुर्गाको प्रतिक मा ९ कुनामा बिसाल रुपमा फिजीएर रहेको यो ताल शुन्दर शान्त र निश्चल छ । वरिपरी धुपि सल्ला र गुरासका बुटयानहरुले यो तालको सुन्दरता अझ बढाएको छ । तालभित्रका रंगि बिरगीं माछाहरुले पर्यटकहरुलाई मोहित पार्दछ । यहाँ पाइने सरिसृप प्रजाति र विश्वमा दुर्लभ गलैचे झ्याउ यहाँको भिन्न बिषेशता हुन । बिभिन्न फुलहरुले भरीभराउ सुसज्जित बगैचाले गर्दा पनि पर्यटकहरु तश्बिर कैद गर्न मोहित भएका देखिन्छन। पोखरी वरीपरी मोटरबाटोको सुबिधा छ भने उत्तर दिशातिर देउराली डाँडा र बजार क्षेत्रले जो कसैलाई रम्न बाध्य गराउछ ।

आगन्तुकहरुको सुबिधाको लागि यस ठाँउमा होटेल लजहरुको सुबिधा अहिले पर्याप्त मात्रामा छ । बिशेष गरेर यो ठाँउमा कार्तिक मँसिर महिनामा ठण्डा हुने भएकोले न्यानो लुगा कपडाको ब्याबस्था जरुरत पर्ने हुन्छ ।

सन्दकफु (सन्दकपुर)

सन्दकपुर एउटा अर्को सुर्योदयका लागि इलामको प्रसिद्द ठाँउ हो । सदरमुकाम बाट १७,१८ किलोमीटरको दुरिमा रहेको यो ठाँउमा पुग्न सात आठ घण्टाको मोटर बाटो यात्रा तय गर्नु पर्ने हुन्छ । इलाम बजार देखि बरबोटे सुलबुङ हुदै माबु तिनकुने बजार बाटो हुदै सन्दकपुर पुगिन्छ । त्यस्तै यो ठाँउमा पुग्नका लागि भारतको सुकिया नेपालको मानेभञ्ज्या हुदै पुग्न पनि सकिन्छ ।

यो ठाँउको बिषेशता अरु ठाँउको भन्दा बेगल छ । सन्दकपुरमा आगन्तुकहरु हिउ संग रम्न र सुर्योदयको दृश्यावलोकनका लागि बढि आउने गर्दछन । त्यस्तै यो ठाउ अरु पर्यटकिय स्थल भन्दा इलामकैे उच्च स्थानमा (३६३६ मि) पर्ने हुदा हिउ झर्ने र चिसो अनुभुत हुने गर्दछ । यहाँ बाट सगरमाथा,कञ्चनजंगा,ल्होत्से,मकालु जस्ता हिमालहरु देख्न सकिन्छ । तसर्थ सुन्दर शान्त शितल रोज्ने पर्यटकको लागि यो उपयुक्त गन्तब्य हो । यो ठाँउ नेपाल र भारतको सिमाना भएकोले गर्दा भारतको बाटो हुदै असंख्य मात्रामा देशि बिदेशि पर्यटकहरु भित्रिने गर्दछन ।

सन्दकपुरको अर्को आकर्षक पक्ष भनेको यो ठाँउमा पाइने गरासका प्रजातिहरु ह्ुन । चैत र बैशाक महिना लहलाउदो गरेर फुल्ने गुरासको फुल चाप ,चिमालले जो कसैलाई मोहित गर्दछ । यीनै बिबिध बिषेशता बोकेको सन्दकपुर घुम्न आउने पर्यटकलाई यो ठाँउ घुमिसके पछि पश्चातापको अनुभुति गर्नु पर्दैन ।

आगन्तुकहरुको सुबिधाको निम्ति यहाँ कालपोखरी क्षेत्रमा प्रसस्त मात्रामा होटेलहरुको सुबिधा छ र मौषम अनुकुल सेवा प्रदान गरीन्छ ।

गजुरमुखीधाम

इलाम सदरमुकाम देखि पश्चिमी क्षेत्रमा रहेको ,लगभग ४१,४२ किलोमिटर मोटर यात्रापछि पुगिने धार्मिक स्थान हो गजुरमुखि धाम । यो धामिक स्थलमा पुग्नलाई सदरमुकाम देखि नेपालटार, मंगलबारे बजार हुदै धुसेनी र गजुरमुखि जोडने पक्कि पुल तरे पछि यो धाममा पुग्न सकिन्छ । देउमाई किनारामा अबस्थित गजुरमुखिमा धेरै जसो यो ठाँउमा धार्मिक आस्था राख्ने ब्यक्तिहरु ऋाफनो भाकल पुरा होस भनि यो ठाँउमा पुग्ने गर्दछन ।

यो गजुरमुखिको नाममा भाकल गर्दा आफुले इच्छाएको कुरा पुग्ने सफल हुने धार्मिक बिश्वास रहिआएकोले टाढा टाढा बाट भक्तजनहरुको घुइचो लाग्ने गर्दछ । बिशेष गरेर आफनो भाकल दर्शाउन बिदाको दिन पारेर धार्मिक आस्थाका ब्यतिmहरु आउने स्थानियहरु ब्ताउछन । यो धाममा भाकल गरे पछि आफ असफल भएको कुरामा सफलता मिल्ने र कसैलाई सन्तान प्राप्ति नभएमा सन्तान प्राप्ती हुने, बोली बन्द भएकालाई बोली फर्काइदिने बिश्वासहरु रहिआएको सुन्न सकिन्छ । तसर्थ धार्मिक रुपमा आस्थावान पर्यटनमा रुचि हुनेलाई यो ठाँउ अत्यन्तै सुन्दर गन्तब्य हुन सक्दछ ।

त्यस्तै यो गजुरमुखि धाममा कार्तिक महिनामा कार्तिक पुर्णिमाका दिन कार्तिके मेला लाग्ने हुदा यस ठाँउमा बिषेश गरेर रमाइलो मेला भर्ने मानिसहरु आउदछन भने उतिकै मात्रामा यो धाममा पुजा आजा र भाकलका लागि आउने गर्दछन । यो बिशेष दिनमा बिभिन्न कार्यक्रम सम्पन्न गरीने हुदाँ यो दिन र स्थान अबिश्मरणीय हुने गर्दछ ।

यो ठाँउमा पर्यटकहरुको सुबिधाका लागि अहिले सुबिधाजनक रुपमा होटेल लजहरुरुको ब्याबस्था गरीएको छ भने सवारी सुबिधाको लागि भने अहिले गजुरमुखि धाम देखि झापा बिर्तामोड सम्मको प्रत्यक्ष यातायातको सुबिधा रहेको छ ।

सिद्दीथुम्का डाँडा

सुर्योदय र सुर्यास्त अवलोकनका लागि अर्को लागि प्रसिद्द इलामकै पर्यटकको गन्तब्य सिद्दिथुम्का डाँडा हो । सदरमुकाम बाट १४,१५ किलोमिटरको मोटर बाटोको यात्रा तय गरे पछि सिद्दिथुम्का आई पुगिन्छ । सिद्दिथुम्का, सोयाकको सिमानामा रहेको यो सिद्दिथुम्का डाँडामा रहेको मन्दिरमा पुजा आजा गरेमा आफनो इच्छा पुरा हुने भएकोले यो ठाँउको नाम सिद्दिथुम्का डाँडा रहन गएको हो ।

यो सिद्दिथुम्का डाँडा बाट सुर्योदय र सुर्यास्तको दृश्य मनमोहक तरिकादे देखिने भएकोले पनि यो ठाँउको बिषेशता भिन्न रहेको हो । यो उच्च डाँडो बाट झापा,मोरका लमतन्न फाटहरुको मनोरम दृश्य अवलोकन गर्न सकिने भएकोले पनि मनमा आनन्दको अनुभुति हुन्छ । यो डाँडाक अन्य बिषेशता यो डाँडा बाट इलामको ४९ वटै गाबिस मध्ये ४८ वटा गाबिसको अवलोकन गर्न सकिने भएकोले यो ठाँउ बिचित्रको महशुष हुन्छ । यो डाँडाको ठुल ठुला चटान देख्दा यो ठाँउ अलौकिक भएको महशुष गर्न (सकिन्छ । त्यस्तै यहाँको बिचित्रको गुफाले गर्दा पनि सिद्दिथुम्का पर्यटकहरुको आकर्षण स्थल भएको छ । अर्कोतर्फ त्यहाका स्थानिय समुदायको जातिय नाँच च्याबु्र नाच साकेला,तामा सेलो जस्ता संस्कृतिले पनि यो ठाँउको भ्रमण चिरस्मरणिय हुनेछ ।

यो ठाँउमा पुग्नलाई गन्तब्य सम्मनै पक्कि र सहज मोटर बाटोको सुबिधा भए र सुर्यावलोकन र सुर्यास्तको लागि भ्य टावरको सुबिधा ब्याबस्था हुन सकेको खण्डमा आन्तरीक र बाह्य पर्यटकहरुको संख्या बढेर जाने थियो । र नेपालको आन्तरीक पर्यटनको बिकास हुने थियो ।

यो ठाँउ घुम्न आउने पर्यटकहरुका सुबिधाका निम्ति अहिले स्थानिय जातिय सांस्कृति झल्किने होमस्टे र होटेल लजको ब्याबस्था गरिएको छ । तसर्थ यि बिभिन्न बिषेशताहरुको स्वाद चाख्न चाख्न र आन्तरीक पर्यटनको बढुवा गर्न जो कोहि नयाँ पर्यटलाई यो ठाँउ बिशेष छ ।

माङसेबुङ (लारुम्बा)

इलाम जिल्लाको बाझो गा बि स अन्तर्गत पर्ने मासेबङु किरात धर्मावलम्बिको लागि प्रसि२ ७ँउ हो । इलाम सदरमुकाम देखि पश्चिम दिशामा पर्ने लगभग द्दण्,द्दज्ञ किलोमि६र दुरी रहेको ५ भने झापा दमक देखि रतुवा हुदै घ,द्ध३०६ाको मो६रको यात्रा प५ि मासेबुङ आईपुगिन्छ ।

यो ७ांउ किराती धर्मालम्बिहरुको धार्मिक तिर्थ स्थल पनि हो । धार्मिक स्थल भनेर चिनीने यो ७ाउका मानिसले शाकाहारी शहर भनेर पनि दाबि गर्द५न । धार्मिक प्रबृतिका ब्यक्ति भएकोले यहा धुमपान मध्यपानमा कटाइ गरीएको ५ । हरेक बर्षको कार्तिक र मंसिरमा महागुरु फाल्गुनन्द र अङसिमाङ आत्मनन्दको जन्मोत्सबको अबसर पारेर देश बिदेश बा६ भक्तजनहरु ऋाउने गर्द५न । किरातिहरुको तिर्थस्थल भनेर चिनिने यो ७ाँउमा छिमेकि देश भारत,भुटान,बर्मा,जापान र अमेरीका बाट भक्तजनहरु आउने र धार्मिक आस्थामा संलग्न भएको देख्न सकिन्छ ।

यो ठाँउमा आउने भक्तजन र पर्यटकहरुका लागि शाकाहारी भोजन गाँउले परिबेश अनुसारका खाने र बस्ने कुराको सुबिधा पाउन सकिन्छ भने यातायातका सुबिधाको निम्ति दमक र रबि आउने सार्बजानीक यातायातहरु प्रसस्त मात्रामा पाउने गरिन्छ ।

टोड्के झरना

टोडके झरना इलामको एकमात्र प्रसिद्द र अग्लो झरना हो । इलाम जिल्लाको साबिक माईमझुवा गाबिस हाल सन्दकपुर गाँउपालीका २ माईमझुवामा गा बिसमा रहेको यो झरना २५० मिटरको रहेको छ । यो ठाँउमा पुग्नलाई इलाम सदरमुकाम देखि २ देखि साडे दुई घण्टाको मोटर यात्रा तय गर्नु पर्दछ । यहाँ पुग्नलाई इलाम बजार बाट बिब्ल्याटे रीब्स सुम्बेक हुदै माईमभुवाको टोड्के झरना पुग्न सकिन्छ ।

टोडेके झरना इलाम जिल्लाको सबभन्दा लामो झरना र आकर्षक झरना भएकोले गर्दा यो झरनाको प्रसिद्दि बढेको हो । चारैतिर हरियाली अनि बिचमा छङ छङ झर्ने झरनाले गर्दा मनै रोमाञ्चित हुन्छ र झरना संग केहि समय भए पनि भिज्न मन लाग्छ । त्यस्तै योठाँउको अर्को बिशेषता हो रेड पाण्डा । नेपालमा दुर्लभ हुनै आ६ेका रेड पाण्डा हाब्रे यो क्षेत्रमा पाउदछ । पर्यटकहरुका लागि मनोरञ्जन र रेडपाण्डाको संरक्षणको लागि यो स्थानमा रेडपाण्डााहरु बिशेष सूरक्षाका साथ संरक्षण गरेर राखिएको छ । रेडपाण्डाहरु शारीरीक रुपमा आकर्षक र लोभ लाग्दो भएकोले पनि पर्यटकहरु रेडपाण्डा अवलोकन गर्न मोहित हून्छन ।

यो स्थानमा आगन्तुक पर्य६कहरुको सूबिधाको लागि त्यति राम्रा हो६ेलहरुको सूबिधा नभए पनि गाउमा न्यानो आतिथ्य सत्कारका साथ पाहुनाहरुलाई राख्ने प्रचलन छ । तसर्थ प्रकृति प्रेमि पर्य६कहरुका लागि यो ठाँउ घूम्नका लागि उपयूक्त छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार