इलाममा नातिद्वारा बाजेको हत्या

इलाम : इलामको माई नगरपालिकामा आफ्नै नातिले मावली बाजेको हत्या गरेका छन् । शुक्रबार साँझ साढे ८ बजे माई नगरपालिका ५ ढङढङ गाउँका २२ वर्षीय संजय राईले मावलीपट्टिका बाजे ६५ वर्षीय देउमान नेम्वाङलाई हत्या गरेका हुन् ।

सामान्य घरायसी बादविवादका कारण संजयले वियरको बोतलले टाउकोमा प्रहार गर्दा देउमानको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको  छ ।

संजयलाई  नियन्त्रणमा लिई अनुशन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । संजय केही दिनअघि मात्र मावला आएको बुझिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार