जताततै कर तिर्नुपर्दा खसी–बोका, भेँडा–च्याङ्ग्राको मूल्य बढ्यो

भक्तपुर : दशैँ सुरु भएसँगै बजारमा खसी, बोका र भेँडा च्याङ्ग्राको खरिद–विक्री बढेको छ । दसैंको बेला मासुको लागि अत्यधिक रुचाइने हिमाली क्षेत्रका च्याङ्ग्राको भाउ भने यसपाली निकै बढेको छ ।

स्थानीय तहले विभिन्न ठाउँमा पटके कर लगाउँदा भाउ बढेको व्यापारीहरुले बताएका छन् ।

विशेष गरी हिमाली क्षेत्रबाट आयात गरिएका भेडा च्याङ्ग्राले जडिबुटी खाएर हुर्केका हुँदा मासु स्वस्थकर हुने भएकाले उपभोक्ताको रोजाइमा पर्ने गर्छन् । साथै, विगतको तुलनामा मूल्य भने एकाएक बढिरहेको छ ।

व्यापारीहरु भने आयात गरिएका भेडा र च्याङ्ग्रामा स्थानीय सरकारले निकासी कर लगाउँदा मुल्यमा वृद्धि भएको बताउँछन् । त्यतिमात्र होइन, मुस्ताङबाट काठमाडौँ आइपुग्दा आधा दर्जनभन्दा बढी ठाउँमा कर तिर्नुपरेकाले मूल्य बढेको व्यापारीहरुको तर्क छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार