इलाम : दशै तिहारमा घर घरमा रड. पोत्नेको चटारो छ । पश्चिमि इलामको देउमाई नगरपालिकाको केन्द्र मंगलबारेका पसलेहरुलाई त झन दशैले नछुने कुरै भएन ।
पसलहरुका सटरमा एक नासले रड. दल्नका लागि स्थानीय उद्योग बाणीज्य संघले खर्च जुटाइदिएको हो । एपोलो पेन्टस्को सहयोगमा यहाँका सवै सटरमा नीलो रड. पोतिएको छ । पसलको नाम लेख्ने र रड. पोत्नका लागि चार लाख बराबर खर्च भएको मंगलबारे उद्योग बाणीज्य संघका अध्यक्ष तारा थापाले बताए ।
यो सुविधाबाट मंगलबारेका एक सय ५० व्यवसायि लाभान्वित भएका छन् । उद्योग बाणीज्य संघ इलामको शाखा मंगलबारेमा नयाँ नेतृत्व चयनसँगै विभिन्न सामाजिक क्रियाकलाप सम्पन्न भएको पनि अध्यक्ष तारा थापाले जानकारी दिएका छन् । उनले संघले मंगलबारे बजारमा रहेको प्रहरी बीटलाई पुन निर्माण गरिएको बताए । करिव एक लाख रुपैया खर्चमा प्रहरी बीट पुन निर्माणका साथै त्यहाँ एल्मुनियमको खानेपानी ट्याँकी राखेर शुद्ध खानेपानी उपलव्ध गराउने व्यवस्था मिलाइएको जानकारी दिए ।
मंगलबारेका पसलमा मुल्य सुचि समायोजन गरि टाँस्ने व्यवस्था मिलाइएको पनि उनले जानकारी दिए । संघले विभिन्न १५ जना मजदुरको सम्मान गरी पुरस्कार उपलव्ध गराएको छ । ८० जना मजदुरलाई एक दिने तालिम दिने कार्य समेत सम्पन्न भएको थापाले बताए । यस्तै नगर पालिका र संघको सहयोगमा एक दिने ट्राफिक सचेतना कार्यक्रम मंगलबारेमा सम्पन्न भएको छ ।
बालबालिकालाई संगीत र कलामा आकर्षित पार्ने उदेश्य अनुरुप उद्योग बाणीज्य संघले नगरका विभिन्न पाँच विद्यालयका छात्र छात्रलाई दुइ हजारका दरले रकम उपलव्ध गराएको पनि जानकारी दिइएको छ । विगत एक वर्षदेखि मानसीक सन्तुलन गुमाएकी घुमन्ते महिलालाई पाँच हजार आर्थिक सहयोग उपलव्ध गराई उपचार गराइएको र थप उपचारका लागि धरान लगिएको थापाले जानकारी दिए ।
उद्योग बाणीज्य संघको कार्यालय भवन व्यवस्थित बनाउन अध्यक्ष तारा थापाले दुइ थान कुसी, टी टेवल र फुट म्याट उपलव्ध गराएका छन् ।