इलाम : नयाँ प्रवृद्धिको अलैंची सुकाउने भट्टी निर्माण भएको छ भन्ने समाचार अलंैची किसानले सुनेका मात्र छन्, देखेका छैनन् । वास्तविक किसानलाई आधुनिक भट्टीको आवश्यकता छ । पाउन सकेकका छैनन् । तर, आवश्यकता नै नपरेकाले भट्टी पाएर प्रयोग नै नगरी दुरुपयोग गरेको पाइएको छ ।
सुर्योदय महिला सहकारी संस्था कन्यामले पाएको मिडियम साइजको अलंैची सुकाउने डायर्ड रोङ गाउँपालिका वडा नम्बर ३ को हर्कटे चिण्डेपानी सडक खण्डमा वेवारिसे बनेको छ । अलैंचीको उत्पादकत्वको विकास र गुणस्तरमा सुधार गराउन क्रियाशील रहेको संस्था उन्नती समावेशी विकास परियोजनाको सहयोगमा गत जेठमा संस्थाले पाएको डायर्ड वेवारिसे बनेको हो । यसरी वेवारिसे डायर्ड देख्दा दाताले कस्तो संस्थालाई सहयोग गर्दा रहेछन् र संस्थाहरुले पनि दाताबाट कस्तो सहयोगको अपेक्षा गरेका रहेछन् भन्ने पुस्टि भएको छ ।
यसबारेमा अलैची खेतीको लागि सहयोगको कार्ययोजना बनाएको सुयोदय महिला सहकारीका अध्यक्ष हेमन्ता निरौलालाई जिज्ञासा राख्दा कता लैजाने भन्ने कुराको यकिन नभएको कारण त्यहाँ रहेको बताइन् । उनले डायर्डको दुरुपयोग भने नभएको जकिरि गरिन् ।
यता उन्नती समावेशी विकास परियोजना इलामका प्रमुख केशव सिलवालले सुर्याेदय महिला सहकारीको कार्ययोजना अनुसार नै सहकारीका सदस्यलाई अलैंची खेतीको तालिम समेत दिएपछि मागअनुसार सहयोग गरेको दावी गरे । ‘समूहलाई आवश्यकता बोध भएपछि आफूहरुको सिफारीसमा सिंहबाहिनी इन्जिनियरिङ वर्कसपको सहयोगमा सो डार्यड प्रदान गरिएको हो’ शिलवालले भने, ‘कार्यक्रमको अनुगमन गरेर मात्र फरफारक गरिने भएकोले सो कार्य बाँकी छ ।’
डार्यड निमार्ता सिंहबाहिनी इन्जिनियरिङ वर्कसप इटहरीका टंक तिम्सिनासँग यस विषयमा जिज्ञासा राख्दा आवश्यक्ता बोध भएपछि किसानहरुकै जिवनस्तर सुधारका लागि आफुहरुल ढुवानी सहित निःशुल्क डायर्ड प्रदान गरिएको बताए ।
सुर्याेदय महिला सहकारीले त्यसको उपयोग गरेमा सहकारी आवद्ध किसानहरुको समेत भलाई हुने र कम्पनीको समेत प्रचार हुने अपेक्षासहित उपलब्ध गराएको बताए । तर सहकारीले प्रयोग नगरेको भए आफूहरुले कुनै संस्था वा प्रत्यक्ष लाभ लिने अलंैची किसानलाई सो डार्यड दिएर प्रयोगमा ल्याउने बताए ।
तीन प्रकारको डार्यस उत्पादन गर्ने उक्त कम्पनीमा उक्त मिडियम डायर्डको मुल्य तीस हजार र हुन आउने मुल्य अभिबृद्धि कर रहेको छ ।
डार्यड गत जेठदेखी नै उक्त हरकटे चिण्डेपानी सडकमा वेवारिसे अवस्थामा रहेको देखेपनि त्यो के हो आफुले थाहा नपाएको र अहिले सडक र टोल सरसफाइका क्रममा आफूहरुले नै सडकको भित्तापटी थन्काइदिएको समृद्धि टोल विकास समिति रोङ ३ का अध्यक्ष खड्ग सुवेदीले बताए ।
यता इलाममा व्यवसायिक अलैंची खेती गर्दै वार्षिक १५ देखी २० मनसम्म अलैंची उत्पान गरिरहेका नजिकै रम्भ्याङ र तारगाउँका किसानले भने अलैंची डढ्ला कि भनेर जोखिम मोल्दै परम्परागत भट्टीमा नै अलैंची सुकाउनुपर्ने बाध्यता झेलिरहेका छन् । यसरी वास्तविक सेवाग्राहीको पहिचान नै नगरी दाताले केका आधारमा अनुदान थोपर्दा रहेछन् प्रष्ट भएको तारगाउँका किसान प्रकास गुरुङको प्रश्न छ ।