इलाम : इलाम अस्पतालमा दरबन्दिका डाक्टरहरुको पदपूर्ती हुन थालेको छ । अस्पतालमा दरबन्दिका डाक्टरको अभावमा स्वास्थ्य सेवा प्रभावकारी बन्न नसकेको गुनासो बढिरहेको बेला पछिल्लो समय अस्पतालमा दरबन्दिका डाक्टरहरुको पदपूर्ती हुन थालेको छ ।
३/४ महिना अघिसम्म सोह«जना डाक्टरको दरबन्दि रहेको इलाम अस्पतालमा एकजना दरबन्दिका डाक्टरले स्वास्थ्य सेवा दिन बाध्य भइरहेको थियो । तर अहिले सोह«जनाको दरबन्दि रहेको इलाम अस्पतालमा ९ जना दरबन्दिका डाक्टरले स्वास्थ्य सेवा दिन थालेको अस्पताल प्रशासनका रिता अधिकारीले जानकारी दिनुभयो ।
दरबन्दिका डाक्टर मध्ये दशजना बिशेषज्ञ डाक्टरको दरबन्दि रहेको इलाम अस्पतालमा अहिले तीनजना बिशेषज्ञ डाक्टर कार्यरत रहेका छन् । अस्पताल प्रशासनका अनुसार स्त्री प्रसुती रोग बिशेषज्ञ, हाडजोर्नी बिशेषज्ञ र जनरल सर्जन १/१ जना गरी तीनजना दरबन्दिका बिशेषज्ञ डाक्टरले सेवा दिइरहेका छन् । यस्तै पाँचजना दरबन्दिका मेडिकल अधिकृत चाहिनेमा अहिले चारजना कार्यरत र एकजना मात्र रिक्त रहेको छ । यस्तै दरबन्दिकै दुईजना डेण्टल सर्जनको पनि पदपूर्ती भइसकेको छ । अस्पतालमा अहिले दरबन्दि अनुसारका बिशेषज्ञ डाक्टरहरु पदपूर्ती हुने क्रम बढ्दै बिरामिको चाप पनि बढिरहेको छ ।
५० शैयाको अस्पतालमा अहिले बिरामिको चाप अत्यधिक रहेको छ । कुनै–कुनै समय बिरामिको चाप बढ्दा शैयाको समेत अभाव हुने गरेको छ । बिशेषज्ञ डाक्टर सहित अस्पतालमा दरबन्दिका डाक्टर आउन थालेपछि इलाम सहित छिमेकि जिल्ला पाँचथर र ताप्लेजुङ्गबाट पनि बिरामिहरु भर्ना हुनेक्रम बढेको अधिकारीको भनाई छ । अस्पतालमा अब दरबन्दिका सातजना डाक्टरको अभाव छ । अस्पताल प्रशासनका अनुसार मानसिक रोग बिशेषज्ञ, बालरोग बिशेषज्ञ, एनेस्थेसियोलोजिस्ट, रेडियोलोजिस्ट, जनरल फिजिशियन सहितका डाक्टरको पदपूर्ती हुन बाँकि रहेको छ । बाँकि रहेको मध्येपनि रेडियोलोजिष्टको दरबन्दि चाँडै पदपूर्ती हुने बताइएको छ ।
दरबन्दि अनुसारको डाक्टरहरु भएपछि अब इलाम अस्पतालको स्वास्थ्य सेवा प्रभावकारी बन्ने अस्पताल प्रशासनले जनाएको छ । अस्पतालमा लामो समयदेखि दरबन्दिका डाक्टरहरु नहुँदा सिंगो इलामको स्वास्थ्य सेवा प्रभावकारी बन्न सकेको थियएन । इलाम अस्पतललाई रेफर सेण्टर भनेर इलामेहरुले भन्ने गरेका थिए । तर अब यो कुराहरुबाट बिस्तारै मुक्त हुँदै गएको अस्पतालले जनाएको छ ।
अस्पतालले स्वास्थ्य सेवा प्रभावकारी बनाउँदै लगेको जनाएपनि अस्पतालको सरसफाईमा भने ध्यान नदिएको सेवाग्राहिले जनाएका छन् । अस्पताल मा स्वास्थ्य सेवा लिन पुगेकाहरुले अस्पतालमा सरसफाई तथा खानेपानीको कमि देखिएको जनाएका छन् । अस्पताल प्रशासनले भने सेवाग्राहिको गुनासोलाई ध्यानमा राख्दै यसलाई पनि सुधार गर्दै लैजाने जनाएको छ ।

























































