मानव विकास सूचकांकमा नेपाल एक स्थान तल झर्‍यो

  पत्रपत्रिका
0 Shares

काठमाडौं : अन्य मुलुकको गतिअनुसार विकास हुन नसक्दा मानव विकास सूचकांकमा नेपाल एक स्थानले तल झरेको छ ।

संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी)ले सार्वजनिक गरेको प्रतिवेदनअनुसार मानव विकास सूचकांकमा नेपाल यस पटक १४९ औं स्थानमा रहेको समाचार कान्तिपुर दैनिकमा छ ।

१८९ मुलुकमध्ये सन् २०१६ मा १४८ स्थानमा थियो। मानव विकास सूचकांक ० दशमलब ५७४ छ। सन् २०१६ मा नेपालको मानव विकास सूचकांक ० दशमलब ५६९ रहेको थियो। यो आधरमा नेपालले मानव विकास सूचकांकमा प्रगति भएको देखिन्छ। तर, अन्य मुलुकको प्रगति नेपालको भन्दा राम्रो भएकाले स्थान भने तल झरेको छ ।

युएनडिपीले मुख्य गरी औसत आयु, शैक्षिक स्तर र क्रयशक्तिका आधारमा प्रतिव्यक्ति आय सूचकहरुका आधारमा मानव विकास सूचकांक निकाल्ने गरेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार