लामिटार समाजको वार्षिक आयव्यय सार्वजनिक

  नयाँ बुलन्द
0 Shares

माङसेबुङ : लामिटार समाज माङसेबुङ ३ इलामले आर्थिक वर्ष २०७४/०७५ को  आयव्यय  सार्वजनिक गरेको छ । समाजको शनिबार भएको बैठकमा १ लाख ९ हजार ८० रुपैयाँ आम्दानी र ७८ हजार ९ सय ६५ रुपैयाँ खर्च भएको आयव्य सार्वजनिक गरिएको छ ।

समाजका  सचिव देउकुमार इधिङ्गोले प्रस्तुत गरेको आयव्य विवरणमा आयतर्फ विविध समानको भाडाबापत ४१ हजार ३ सय ५ र अघिल्लो वर्षको मौज्दात ६७ हजार ७ सय ७५ गरी १ लाख ९ हजार ८० रुपैयाँ देखाइएको छ । त्यस्तै व्यतर्फ ७८ हजार ९ सय ६५ रुपैयाँ देखाइएको छ भने बचतमा ३० हजार १ सय १५ रुपैयाँ रहेको छ । बैठकले बचत रहेको रकमबाट एलटी पोल खरिद गरी विद्युत वुस्तार गर्ने निर्णय समेत गरेको छ ।

किरात चोत्लुङ मुहिङ्गुम अङ्सी माङ्गेन्ना सेवा समितिको अध्यक्ष केहेरसिङ योङ्हाङले समाजलाई नमुना समाजको रुपमा स्थापित गर्न लामिटार समाजले रचनात्मक योगदान पुर्‍याएको बताएका थिए । वडा सदस्य कविन्द्र योङहाङले समाजमा अग्रगामी भूमिका निर्वाह गरेको भन्दै लामिटार माजको प्रसशा गरे  । कार्यक्रममा माङ्सेबुङ गाउँपालिका कार्यपालिका सदस्य कला शिवा समेतको उपस्थिती रहेको थियो ।

कार्यक्रम कमला तुम्बापो मिभकको अध्यक्षतामा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार