इलाम : संघीय समाजवादी फोरम नेपालको विद्यार्थी संगठन समाजवादी विद्यार्थी फोरमले संगठन विस्तारलाई तीब्रता दिएको छ । संगठनको राष्ट्रिय महाधिवेशनलाई लक्षित गरी जिल्लाका विभिन्न क्याम्पस तथा माविमा संगठन विस्तारलाई तीब्र बनाएको छ ।
सोही क्रममा मंगलबार इलाम सदरमुकामस्थित चारखोला माध्यमिक विद्यालयमा विपीन थापा मगरको अध्यक्षतामा १७ सदस्यीय समाजवादी विद्यार्थी फोरमको मावि कार्यसिती गठन भएको छ ।
समितिका उपाध्यक्षमा सिर्जना थेबे र विवेक योङ्हाङ, सचिव उषा राई, सहसचिव जुना साउदेन र सुशान्त गुरुङ तथा कोषाध्यक्षमा सुजता राई चयन भएका छन् ।
सदस्यहरुमा गोपीराज लिम्बू, अमृत राई, चन्द्रमान राई, पबित्र अधिकारी, कोपिला श्रेष्ठ, एलिसा श्रेष्ठ, प्रतिमा अधिकारी, अनिस्मा राई, रबिना राई र लिदिया राई चयन भएका छन् ।
समिति गठन कार्यक्रम समाजवादी विद्यार्थी फोरम इलाम दोस्रो जिल्ला अधिवेशन आयोजक समितीका सङयोजक रामकुमार लिङ्दम, सहसंयोजक रोचक योङ्हाङ र व्यवस्थापक प्रमुख सुजन तामाङ्को उपस्थितिमा भएको थियो ।