पुनको हत्याका दोषीलाई कारवाहीको माग गर्दै गृहमन्त्रीलाई ज्ञापन पत्र

  नयाँ बुलन्द  516 पटक हेरिएको

इलामः रोल्पा तरुणदल अध्यक्ष रोहित पुनको हत्याका दोषीलाई कारवाहीको माग गर्दै नेपाल तरुणदल इलामले आज मन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ ।
गत २४ गते आईतबार  पुनको निर्मतापूर्वक हत्या गरेको तरुण दलले जनाएको छ । घटनाको निन्दा गर्दै तरुणदल इलामले इलामका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सीना मार्फत गृहमन्त्री रामबहादुर थापालाई ज्ञापन बुझएको तरुणदल इलामका अध्यक्ष नरेश श्रेष्ठले जानकारी दिए ।
तरुणदलले ज्ञापन पत्र बुझाउदै दोषीलाई कडा कारवाही गर्न माग गरेको छ । तरुणदलले सत्ता र शक्तिको दुरुपयोग गर्दै बिधिको शासन बिपरीत कायरतापूर्ण हत्याको निन्दा गरेको छ । तरुण जिल्ला अध्यक्ष श्रेष्ठले दाषीलाई कारवाही नभए कडा आन्दोलन गर्ने चेतावनी दिए ।ज्ञापन पत्र बुझाउन अध्यक्ष नरेश श्ररेष्ठ सहित सचिव तिर्थ गुरुङ , क्षेत्रीय उपसभापति राजिब न्यौपाने सदस्य लिला प्रसाद थापा लगएतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार