चितवन : पूर्वी चितवनको रत्ननगरमा पछिल्लो दुई सातायता शृंङ्खलाबद्ध रूपमा चोरीका घट्ना बढेको पाइएको छ । विशेष गरेर रत्ननगरको टाँडी बजार, २ नम्बर रोड लगायत क्षेत्रहरुमा दिनदहाँडै चोरीका घट्नाहरु सार्वजनिक भइरहेका छन् ।
एकपछि अर्को गर्दै दैनिकीजसो औसद मात्रामा तीनदेखी पाँच वटासम्म चोरीका घट्ना सार्वजनिक हुँदा समेत रत्ननगर प्रहरी रमिते बनेका छन् । चोरीलाइ नियन्त्रण लिनु, शान्तिसुरक्षालाई सुव्यवस्था पार्नु, नागरिकमा अमन चैंन स्थापित गर्नु नै प्रहरीको दायित्व हो । तर, प्रहरी यहीँ चुकेका छन् ।
दैनिकजसो यस क्षेत्रमा चोरीका घट्ना बढिरहेको अवस्थामा समेत शान्तिसुरक्षालाइ नियन्त्रणमा लिन इलाका प्रहरी कार्यालय रत्ननगर असफल भएको स्पष्ट हुन्छ । प्रहरीले सुरक्षा दिन नसकेकोमा यहाँका स्थानीयबासिन्दा रुष्ट छन् ।
ललितपुरबाट सरुवा भइ ईलाका प्रहरी कार्यालय रत्ननगर आएका डिएसपी दयानिधी ज्ञवालीले एक कार्यक्रमस्थलमा चोरीका घट्ना नियन्त्रणमा लिने उद्घघोष समेत ब्यक्त गरेका थिए । सो, क्रममा उनले अपराधीक गतिविधिलाई पुर्णतः नियन्त्रणमा लिएरै छाड्ने समेत दाबी गरेका थिए । सञ्चारकर्मी संग कुरा गर्दै भाद्र एक गतेदेखि छुट्टै क्राइम टोली खडा गरेर अपराधीक गतिविधीलाइ नियन्त्रणमा लिने सपना समेत बुनेका थिए ।
उनको लोभलाग्दो आश्वासनले स्थानीयले केही हदसम्म राहत समेत महशुस गरे । तर, दुर्भाग्य उनले बुनेका त्यो लोभलाग्दो प्रतिबद्धता बोली मै सिमित हुँदा स्थानीयमा निराशा छाएको छ । रत्ननगरमा असक्ष्म कार्यालय प्रमुख आएको स्थानीयको बुझाइ छ । उनी रत्ननगर आएलगत्तै चोरीका घट्नाहरु भटाभट सार्वजनिक हुँदै जानू ले उनको नेतृत्व असफल रहेको पुष्टि हुन आउँछ ।
यद्यपि, उनको पृष्ठभुमी समेत त्यति राम्रो छैनन् । ललितपुरमा प्रहरी प्रमुख हुँदा गाँजा ब्यापारीसँग दुई लाख रुपैयाँ घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई रंगेहात पक्राउ गरेको थियो । सो, क्रममा उनले अदालतमा पुनरावलोकन गरेपछि पुनः मुद्दा जितेर सेवामै फर्किएका थिए ।
कहाँ कहाँ भए चोरी ?
अहिलेसम्म यहाँको एक दर्जनभन्दा बढी स्थानहरुमा चोरी भएका छन् । सबैभन्दा बढी चोरीका घट्ना रत्ननगरको चेम्बरमार्गमा भएको पाइएको छ । सामुदायिक प्रहरी सेवा केन्द्र नजीककै रहेको यस स्थानमा धेरै चोरीका प्रयास र घट्ना भएका छन् । घर भित्रै पसेर चोरले दराज समेत फुटाएका छन् ।
शिव परियार स्थानीयको घर भित्रै पसेर चोरले दराजबाट तिलरी चोरेर फरार भए । बिहान अन्दाजी साँढे ६ बजेको समयमा चोरले सामान चोरेर फरार भएका हुन् । त्यस्तै, यहाँको चोरी हुने दोस्रो स्थानमा सिएसइ टाँडी परेको छ । त्यहाँ अध्ययन गर्न आउने विद्यार्थीको दिउँसै साइकल चोरी भएपछि विद्यार्थी पैदले घर जान बाध्य हुन्छन् । त्यस्तै, कार्यालयको नाममा रहेको एक मोटरसाइकल समेत यसै स्थानबाट चोरी भएको छ । इश्वर खड्काले आफ्नु घर अगाडि राखेको कार्यालयको मोटरसाइकल अज्ञात समूहले बिहानैको समयमा चोरी गरेका हुन् । प्रबिणराज अधिकारीद्वारा सञ्चालनमा ल्याएको उज्ज्वल फ्रेस हाउसमा समेत पटकपटक चोरीको प्रयास भएको छ ।
यद्यपि, त्यहाँ बाट भने चोरले चोरी भने गरेका छैनन् । रायश पासवानद्वारा सञ्चालित मोबाईल पसलमा समेत ग्राहकले बनाउन ल्याएको मोबाईल र नगद २० हजार रुपैयाँ चोरी भएको छ । फ्लिम हल एरियामा रहेको एक सुन पसलमा समेत ग्राहकको मोबाईल र नगद सहितको पर्स चोरी भएको छ । यी त बाहिरिएका केही उदाहरण मात्रै हुन् ।
चोरहरुले चोरीको समेत कार्यतालिका नै सार्वजनिक गरेको छ । राती नचोर्ने र बिहान मात्रै चोर्ने चोरहरुले चमत्कार नै गर्ने गरेका छन् । अहिलेसम्म भएको यी चोरीमा बिहान र दिउँसो मात्रै भएको पाइएको छ । चोरीका विभिन्न घट्नाहरु सार्वजनिक भएकोमा नियन्त्रणमा भने कुनै चोरहरु अहिलेसम्म आउन सकेका छैनन् भने अपराधीक गतिविधिमा समेत कमी नआएको स्थानीयबासिन्दा बताउँछन् ।