इलाम बजारमा ३ वटा बम फेला पर्‍यो

  नयाँ बुलन्द
0 Shares

इलाम : इलाम सदरमुकाममा ३ वटा बम फेला परेको छ । इलाम नगरपालिका-७ नारायणस्थानमा रहेको तत्कालिन नेकपा माओवादी केन्द्रको पुरानो पार्टी कार्यालयमा बम फेला परेको हो ।

पार्टी कार्यालयमा पुरानो दुईवटा सकेट बम र एउटा सुतली बम भेटिएको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ । बम भेटिएको स्थानमा प्रहरीले सुरक्षा दिइरहेको र डिस्पोजका लागि नपाली सेनाको पशुपतिप्रसाद गण इलामलाई जानकारी दिइएको प्रहरी नायव उपरीक्षक टंकप्रसाद भट्टराईले जानकारी दिए ।

तत्कालिन नेकपा माओवादी केन्द्रमा रहेको बम पुरानै भएको प्रहरीले जनाएको छ । गस्ती गर्ने क्रममा शंकास्पद वस्तु देखिएपछि जाँच गर्दा बम भएको पुष्टि भएको प्रनाउ भट्टराईले बताए । सो बम तत्कालिन माओवादीले छोडेको हुनसक्ने उनले बताए ।

माओवादी शान्ति प्रक्रियामा आएपछि मारवाडी सेवा समाजको भवनमा जिल्ला पार्टी कार्यालय राखेको थियो । एमालेसँग पार्टी एकीकरण भएपछि माओवादीले जिल्ला कमिटिको कार्यालय रहेको मारवाडी सेवा समाजको दुई तले भवन छाडिसकेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार