इक्साहाङ नेम्बाङको अध्यक्षमा फाउण्डेशनमा समाजवादी विद्यार्थी फोरम गठन

  नयाँ बुलन्द
0 Shares

इलाम : पछिल्लो समय समाजवादी विद्यार्थी फोरम नेपाल इलामले संगठन विस्तारलाई तीब्रत दिएको छ । राष्ट्रिय महाधवेशनलाई लक्षित गरी जिल्लाका विभिन्न क्याम्पस तथा माविमा आफ्नो संगठन विस्तारलाई तीब्रता दिएको हो ।

यही क्रममा शुक्रबार सदरमुकामस्थित इलाम एजुकेसन फाउन्डेसन क्याम्पसमा इक्साहाङ नेम्वाङको अध्यक्षतामा ६९ सदस्यीय समाजवादी विद्यार्थी फोरमको क्याम्पस कार्यसमिति गठन गरेको छ ।

समितिका उपाध्यक्षमा सुस्मा योन्जन, रोजिना खवास, विशाल थापा र सुरेन्द्र मोक्तान चयन भएका छन् । सचिवमा पारुहाङ राई, सहसचिवमा पुजा राई, मिजल लिम्बू, समीर दुलाल र नुर्मल गुरुङ तथा कोषाध्यक्षमा सीर्जना राई र सहकोषाध्यक्षमा प्रबिन नुगो चयन भएका छन् ।

सदस्यहरुमा कपिल थापा, बिक्रम पौडेल, दिलिप चंदरा, मदन राई, ईश्वर ढुंगाना, प्रदिप लिम्बू, सुसाङ शेर्पा,मनिसा लिम्बू,पम्फा महत, बिनु सुन्दास,मौसम तामाङ,चन्द्रबिर मगर,मुकेस राणा,रुद्र थापा, खगेन्द्र प्रसाद तामाङ, सुरेन्द लिम्बू,रमेश तामाङ,छिसिङ शेर्पा,उमेस पौडेल,रोशन बिस्ट, रुद्र थापा,प्रकाश लिम्बु, महेस राई, राम प्रसाद लिम्बू, निमा मोक्तान छन् ।

त्यस्तै पुस्पा राणा, साबित्रा जबेगु,सोनु महत,अन्जना मगर, दीक्षा राई ,निसान लिम्बू, सुनिता राई,अल्का खनाल, रिना लिम्बू, युगना लिम्बू, बिद्या लिम्बू, गिता गुरुङ, निशा थापा, गगन खड्का,मनिशा मगर,मेनुका लेप्चा,सेवन्त कटेल, बिमला राय, सबिना बि.क, कल्पना घोसाल,जानुका भट्टराई, बिनिता खतिवडा, सान्ती तामाङ, सरिता राई, निस्ता पोख्रेल,समिक्षा रायलगायत रहेको समाजवादी विद्यार्थी फोरम इलामकी सहसंयोजक पवित्रा राईले जानकारी दिइन् ।

समिति गठन कार्यक्रममा समाजवादी विद्यार्थी फोरम इलामका संयोजक रामकुमार लिङ्दम, सहसंयोजक रोचक लिम्बू र संयोजक पवित्रा राई, आर्थिक संयोजक सृष्टि खापुङ र सदस्य मनिसा लावतीको उपस्तिथिमा भएको थियो ।

समाजवादी विद्यार्थी फोरमको राष्ट्रिय महासधिवेशन आगामी असोज असोज १२, १३ र १४ गते जनकपुरमा हुने मिति तयार गरेसँगै दशैभर संगठन विस्तारलाई तीब्रता दिएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार