निजामती सेवा पुरस्कार घोषणा (सूचीसहित)

काठमाडौं : सरकारले १५औं निजामती दिवसको अवसरमा शुक्रबार आर्थिक वर्ष २०७४/०७५ मा उत्कृष्ट काम गर्ने ४० कर्मचारीलाई निजामती सेवा पुरस्कार प्रदान गर्ने घोषणा गरिएको छ ।

सिंहदरबारमा शुक्रबार आयोजित कार्यक्रममा उक्त पुरस्कार घोषणा गरिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जानकारी दिए ।

तीमध्ये १० जनालाई ‘उत्कृष्ट निजामती सेवा पुरस्कार’ र ३० जनालाई ‘निजामती सेवा पुरस्कार’ दिने घोषणा गरिएको हो ।

उत्कृष्ट निजामती सेवा पुरस्कार पाउनेमा राधिका अर्याल–सहसचिव महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, धनराज ज्ञवाली–सहसचिव कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, लोकराज पराजुली–सहसचिव उच्च सरकारी वकिल कार्यालय ललितपुर, सुनिलकुमार दास–खानेपानी तथा ढल निकास विभाग, पद्मकुमार मैनाली–सहसचिव सहरी विकास तथा भवन निर्माण विभाग रहेका छन् ।

यसैगरी, दीपक अधिकारी सहसचिव–परराष्ट्र मन्त्रालय, हरिशरण पुडासैनी–सहसचिव गृह मन्त्रालय, टिकाराम राई–उपसचिव धनकुटा नगरपालिका, गोविन्द घिमिरे–शाखा अधिकृत अख्तियार दुरुपयोग अनुसन्धान आयोग, काठमाडौं र गोपालप्रसाद दाहाल–शाखा अधिकृत प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय काठमाडौं रहेका छन् । पुरस्कार रु एक लाखका दरले प्रदान गर्ने निर्णय भएको छ ।

मुख्यसचिव लोकदर्शन रेग्मीको संयोजकत्वमा पुरस्कार छनोट समिति गठन गरिएको थियो ।

यसैगरी, रु ५० हजारको निजामती सेवा पुरस्कार ३० जना निजामती कर्मचारीलाई प्रदान गर्ने घोषणा गरिएको छ ।

यस वर्ष पनि रु दुई लाख राशि रहेको ‘सर्वोकृष्ट कर्मचारी पुरस्कार’ कुनै कर्मचारीले पाउन सकेनन् ।

२०६२ सालदेखि सरकारले निजामती सेवा दिवस मनाउँदै आइरहेको छ । यस वर्ष ‘नतिजामुखी प्रशासनः समृद्धि र सुशासन’ भन्ने नाराका साथ मनाइएको छ ।imagekhabar

सूची हेर्नोस्

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार