मुस्ताङ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्र्तगत्को पर्यटन विभागले मुस्ताङको मुक्तिनाथ मन्दिर परिसर फराकिलो बनाउन टेन्डर आह्वान गर्ने भएको छ ।
मुक्तिनाथ गुरुयोजना कार्यान्वयन गर्नुअघि दर्शनार्थीको सुविधाका लागि मन्दिर परिसर फराकिलो बनाउन विभागले टेन्डर आह्वान गर्न लागेको हो ।
त्यस्तै, विभागले कागबेनीधामको जीर्ण श्राद्धस्थलकोसमेत स्तरोन्नति गर्ने जनाएको छ ।
पर्यटन विभागले जिल्ला प्रशासन कार्यालयमा यसबारे जानकारी गराएको प्रजिअ शिशिर पौडेलले जानकारी दिए ।
मन्दिर परिसर फराकिलो बनाउनका लागि भदौको अन्तिम साता टेन्डर आह्वान हुने उनले बताए ।
मुक्तिनाथ क्षेत्र विकास समिति तथा पुरातत्व विभागले मुक्तिनाथको बृहत्तर विकासका लागि पाँच वर्षअघि गुरुयोजना तयार गरेपनि कार्यान्वय हुन सकेको थिएन । अहिले पुनः मुक्तिनाथ गुरुयोजना अघि सारिएको छ ।
मन्त्रालय र विभागको एक टोलीले मुस्ताङमा प्रारम्भिक छलफलसमेत गरिसकेको छ ।
मुक्तिनाथ क्षेत्र विकास समितिले पारित गरेको ६ बुँदे कार्ययोजनालार्ई समेटेर मन्त्रालय आफैंले यस्तो पहल गरेको हो ।