समाजवादी विद्यार्थी फोरम तमुवान-मगरात प्रदेश अध्यक्षमा लामा

  नयाँ बुलन्द
0 Shares

पोखरा : संघीय समाजवादी फोरम नेपालका भातृ संगठन समाजवादी विद्द्यार्थी फोरम नेपाल तमुवान-मगरात (गण्डकी) प्रदेश अध्यक्षमा चन्द्र लामा निर्वाचित भएका छन् ।

सोमबार पोखराको पृथ्वी नारायण क्याम्पसमा भएको सम्मेलन बाट लामा लाई सर्वसहमत अध्यक्षमा निर्वाचित गरेको संगठन का उपाध्यक्ष सुबास लिम्बुले वताएका छन् ।

संगठनका केन्द्रीय अध्यक्ष बिबेक राईको प्रमुख आतिथ्यमा आयोजित सम्मेलनबाट उपाध्यक्ष हरुमा दिनेस झा, शेष घले, मुना थापा सचिब मा ओम गुरुङ सहसचिब क्रमश प्रनेस गुरुङ,रेसम तामाङ र कोसाध्यक्ष्रमा  निहिता थापानिर्वाचित भएका छन् ।

नयाँ कार्यसमिति ३१ सदस्य रहेको उपाध्यक्ष लिम्बुले वताएका छन् । सम्मेलनमा संगठनका वरिष्ठ उपाध्यक्ष रमेश यादव प्रशिक्षण विभाग प्रमुख प्रकाश चाम्लिङ राईको बिशेस अतिथिको रुपमा उपस्थित भएका थिए।

समाजवादी विद्यार्थी फोरमको रास्ट्रीय महाधिवेशन अशोज १२,१३ र १४ गते जनकपुरमा हुने मिति तयार भैसकेको संगठन का केन्द्रीय अध्यक्ष बिबेक राईले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार