पाँचथर: पहाडी जिल्लाका अस्पतालहरुमा विशेषज्ञ चिकित्सक, साधन स्रोतको अभावमा उपचारका लागि समस्या पर्ने गरेको छ। विभिन्न किसिमका सल्यक्रिया लगायका काम हुन नसक्ने अवस्था रहेकै छ। अप्रेशनबाट प्रसुती गराउनका लागि पनि कहिले काहि अभाव खेप्नु पर्ने हुन्छ। पाँचथर जिल्ला अस्पतालमा पनि यस्तै समस्यामा गुज्रिने गरेको छ।
तर १२ बर्षपछि जिल्लामानै एपेन्डिक्सको सफल अप्रेसन भएको छ। डा. बुद्धीबहादुर थापाको नेतृत्वको स्वास्थ्यकर्मीको टोलीले एपेन्डिक्सको अप्रेसन गर्न सफल भएको हो। केहि महिनामा जिल्ला अस्पातालमा आएका मेडिकल सुपरीटेण्डेन थापाको नेतृत्वल हिलिहाङ गाँउपालिका–५ कि ३० बर्षिय रेनुका खुदाङको पेटमा देखिने समस्या एपेण्डीसाईटिसको अप्रेशन गरेको हो। अप्रेशनपछि खुदाङ जिल्ला अस्पतालमै उपचार गराइरहेकी छन्। १२ बर्षपछि यो अप्रेशन जिल्ला अस्पतालमा सम्भव भएको थापाले जानकारी दिए।
आफूसँगै डाक्टर, स्टार्फ नर्सहरु सहितको टोलीले अप्रेशन गरीएको थापाले जानकारी दिए। जिल्ला अस्पतालमा रहेको पुरानै स्रोत साधानको प्रयोग गरी अप्रेशन गरीएको उनले जानकारी दिए। जिल्लामानै सफल अप्रेशन गर्न सकिने देखेपछि उपचार गरीएको थापाले बताए। ‘विरामी अवस्था र हाम्रो स्रोत साधनलाई हेरेर अप्रेशन गरेका हौँ। आगामी दिनमा पनि यस्ता समस्याहरुलाई जिल्लामै उपचारका लागि प्रयास गर्ने छौँ’ थापाले भने ‘चिकित्सक, स्टाफ नर्स सहितको ६–७ जनाको टोलीले यो काम गरेको हो।’
एक दशक अघि जिल्ला अस्पतालनमा यो अप्रेशन भएको थियो। त्यसपछि अप्रेशन हुन सकेको थिएन। प्रसुतिसँग जोडिएका विभिन्न अप्रेसनहरु भने भएका थिए।
सुविधासम्पन्न अस्पताल भएका जिल्लामा साधारण मानिए पनि पहाडी जिल्लाहरुमा यस्तो अप्रेशन हुनलाई पनि महत्पूर्ण मानिन्छ। अप्रेशनका लागि तराईमा रहेका सुविधा सम्पन्न अस्पताल जानु पर्ने बाध्यता रहेको छ। यो सँगै आगामि दिनमा हाईड्रोशिल, हर्निया, गाठागुठिको अप्रेशन पनि गर्न सकिने अवस्था रहेको उनले बताए।nagariknews.com



















































