सडक मर्मत नहुँदा आठ सय लिटर दुग्ध सडकमा पोखियो

  गाेबिन्द पाैडेल
0 Shares

इलाम : ग्रामीण सडक अति जिर्ण भएपछि सवारी साधननै गुडाउन नसक्दा दुइवटा सहकारी संस्थाले संकलन गरेको आठसय लिटर दुग्ध आज सडक मानै पोखिएको छ ।
सुर्योदय नगरपालिकाले सदाबहार सडक बनाउने भनेर कम्वर कसेको बेला सुयोदय नगरपालिका वडा नं ६ तारगाउको  ध्रुवतारा  सहकारी  स‌स्थाले दुइसय पचास लिटर र तारगाँउ सहकारी संस्थाले संकलन गरेर हर्कटे र कुटीडाडाको दुग्ध चिस्यान केन्द्रमा पठाउदै गरेको दुग्ध पोखिएको हो । बिहान करिव सात बजेतिर संस्थाले संकलन गरेको दुग्ध मे १ ज ११७४ नंम्बरको पिक अप गाडीमा ल्याउदै गर्दा तारगाँउको पुरानो स्कुल नजिकै गाडी कोल्टदा पोखिएको गाडी चालक युवराज गड्तौलाले बताए ।

यसरी किसानले मेहनत गरेर उत्पादन गरेर संस्थामा संकलन गरेको दुध वाटोको कारण नस्टहुदा आफुहरु दुखी बनेको र याे  घाटा  संस्थाले नै बेहोर्नु परेको ध्रुवतारा दुग्ध उत्पादन सहकारी संस्थाका अध्यक्ष चन्द्र गुरुङ्गका गुनासो रहेकाे छ । सुर्योदय नगरपालिका सगँ पटक पटक अनुरोध गर्दा तारगाँउकाे शान्ति चोकबाट चन्द्र गुरुङ्गको घरसम्म नगरपालिकाले सडक मर्मत गर्ने भनेको भएपनि नगरिदिदा आज किसानले ठूलो नोक्सानी बेर्होनु परेको पूर्व वडाध्यक्ष तथा तारगाँउ दुग्ध सहकारी संस्थाको अध्यक्ष कमल पौडेलले बताए ।

जनतालाइ कर थोपरेर सेवा र सुबिधा भोग्न तम्सने नगरका पदाधिकारीहरु उनै करदाता गरिब किसान हरुको हितमा किन काम गर्न चाहदैनन् आफुहरु आश्र्चयमा परेको किसान प्रकास गुरुङ्गको प्रश्न रहेको छ ।

यहा स्मरणिय कुरा के छ भने स्थानिय नागरिकहरुले सोही बाटोको बारेमा पटक पटक सुयोदय नगरपालिकाको ध्याकर्षण गराउदा बिबाद समेत देखिएको समाचार प्रकाशमा आएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार