घुर्बिसेमा दुध चिस्यान तथा प्रशोधन केन्द्र संचालन

  युद्धबहादुर बोहोरा
21 Shares

पाँचथर : फाल्गुनन्द-५,घुर्बिसे पन्चमीमा शनिबार देखि दुध चिस्यान तथा प्रशोधन केन्द्र संचालन गरिएको छ।

उन्नति समावेशी वृद्धि परियोजना र जनजागरण अभियान कृषि सहकारी संस्थाको साझेदारीमा इलाम र पाँचथरका कृषकलाई लक्षित गरि चिस्यान केन्द्रको शुरुवात गरिएको छ।

केन्द्रले इलाम फाकफोकथुम वडा न. १ र २ साथै पाँचथर फाल्गुनन्द वडा न. ४ र ५ मा जम्मा १५ वटा संकलन केन्द्रहरु तय गरेको छ।

दैनिक एक हजार लिटर दुध संकलन गर्ने अपेक्षा रहेको यस केन्द्रबाट पाँच सय लिटर दुध देउराली दुध चिस्यान केन्द्र मार्फत विराटनगर दुग्ध विकास संस्थानमा पठाउने सम्झौता भएको संस्थाका व्यवस्थापक सूर्यप्रकाश चेम्जोङले जानकारी दिए।

बाँकी पाँच सय लिटर दुधबाट दहि,पनिर,घ्यू र छुर्पी उत्पादन गरि राम्रो बजारमा बिक्रीवितरण गर्ने उदेश्य रहेको उनको भनाइ छ।

कृषकले उत्पादन गरेको दुधको फ्याट र लेक्टाेको आधारमा उनीहरुले उचित मुल्य पाउने संस्थाका अध्यक्ष रुकेन्द्र चेम्जोङले बताए ।
दुध उत्पादन हुने पकेट क्षेत्रलाई अझै व्यवस्थित गर्दै कृषको आयस्रोत वृद्धि गर्ने उद्देश्यले कृषि विशेषज्ञबाट प्रभावकारी तालिमको व्यवस्था गरिने उनले बताए।

दुधको मापदण्ड तथा प्राविधिक जानकारीको लागि देउराली चिस्यान केन्द्रका इन्चार्ज रामलगन यादवले दुध मापन सहित कृषकलाई स्वास्थ दुध उत्पादनको तरिका बारे जानकारी गराएक थिए।
यस संस्था मार्फत दुवै जिल्लाका पशुपालक कृषकलाई ७५ थान च्याप कटर,विविन्न प्रकारका घाँसका विरुवा र गोठ सुधार ,घाँस तथा घाँसेबाली र पशुपालन सम्बन्धि तालिम संचालन गरि सकेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार