बिम्स्टेकको चौथो शिखर सम्मेलन सर्वसाधारणले सास्ती

काठमाडौं : बिम्स्टेकको चौथो शिखर सम्मेलनलाई ध्यानमा राखी ट्राफिक प्रहरीले अतिथिहरु आवतजावत गर्ने रुटमा निजी र सार्वजनिक यातायातका साधन चल्न नदिँदा सर्वसाधारणले सास्ती व्यहोर्नुपरेको छ ।

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनको पूर्वसन्ध्यामा राजधानीको ट्राफिक व्यवस्था अस्तव्यस्त बन्यो ।

बिम्स्टेक सम्मेलनमा सहभागी हुन भारतीय प्रधानमन्त्री, बंगलादेशका प्रधानमन्त्री, थाइल्यान्डका प्रधानमन्त्री नेपाल आउनेक्रममा आन्तरिक र बाह्य उडानहरु घन्टौं ‘होल्ड’मा राख्दा हवाईयात्रा गर्ने यात्रीहरुले सास्ती व्यहोर्नुपर्‍यो ।

यसै त एअर ट्राफिकजामका कारण घन्टौं आकाशमा विमान होल्डमा रहने गरेका बेला विमानस्थल नै बन्द गरिँदा सर्वसाधारणले सास्ती व्यहोर्नुपरेको हो ।

‘भीभीआइपी’हरुलाई राखिएको तथा सम्मेलनस्थल सोल्टी होटलदेखि राष्टपति भवन शीतल निवाससम्मको बाटो हुँदै हिँड्नेहरुले पनि बिहीबार दिनभर सास्ती व्यहोर्नुप¥यो ।

ट्राफिक प्रहरीले मोटरसाइकल र मोटरमा तीन दिनका लागि जोर–बिजोर प्रणाली लागू गर्दा गन्तव्यमा पुग्नका लागि धेरैले सास्ती व्यहोर्नुपरेको छ भने सार्वजनिक यातायात प्रयोग गर्नेहरु थप मारमा परेका छन् ।

अतिथि आउँदा उनीहरुको सुरक्षाको जिम्मेवारी सम्बन्धित देशले लिनु स्वाभाविक हो । नेपालले पनि सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मीहरु खटिएका छन् ।

हजारौं सुरक्षाकर्मीहरु दिनरात खटिएका छन् । जुन सराहनीय पक्ष हो । यद्यपि, अतिथिहरुको आवतजावतका लागि बाटो खाली गर्नेक्रममा सर्वसाधारणले पाउने गरेको सास्तीले नकारात्मक असर पर्ने गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार