काे काे रहेन्छन् त ? पक्राउ परेका ११ जना नेत्रविक्रम चन्द नेतृत्वको कार्यकर्ता

इलाम : नेत्रविक्रम चन्द बिप्लप नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका ११ जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरी नाम सार्वजनिक गरेको छ ।

इलामको सूर्याेदय नगरपालिका ५ स्थित समालबुङबाट उनीहरू पक्राउ परेका हुन। सुर्योदयको सुम्फुङ गाँउमा बिप्लपको गतिबिधी रहेको सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय पशुपतीनगर र समाल्बुङ बाट खटिएको प्रहरीले बुधबार पक्राउ गरी आज नाम सार्वजनिक गरेको हो ।
पक्राउ पर्ने अधिकाम्स जिल्ला बाहिरका रहेका छन । पक्राउपर्नेमा मोरङ मिक्लाजुङ गाउँपालिका वडा नं. ३ का ४५ वर्षका सौगात भन्ने अर्जुन आचार्य, दमक नगरपालिका वडा नं. ७ बस्ने ३४ वर्ष का सन्तोष लिम्बु , दमक नगरपालिका वडा नं. २ बस्ने २८ वर्षका सुमन सिंह पौडेल, झापा शिवसताक्षी नगरपालिका वडा नं. ११ बस्ने ३० वर्षका तारा थापा, झापा गाँउपालिका वडा नं. २ बस्ने ३८ वर्षका चमनलाल माझी, विर्तामोड नगरपालिका वडा नं. ३ बस्ने ४८ वर्षका चित्र विश्वकर्मा, शिवसताशी नगरपालिका वडा नं. ११ बस्ने २९ वर्षका सुरेन्द्र मिश्र , गौरीगंज गाँउपालिका वडा नं. १ बस्ने २५ वर्षका संजय राई र सोही ठाउँका ३५ वर्षका भिम कुमार सुब्बा, दमक नगरपालिका वडा नं. २ बस्ने ३० वर्षका विनोद कुमार राई र इलाम देउमाई नगरपालिका वडा नं. ८ बस्ने ६७ वर्षका मोहन बहादुर बराल रहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका उनिहरूमाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार