घर भत्किँदा एकै परिवारका पाँच जनाको मृत्यु

  नयाँ बुलन्द
0 Shares

सल्यान : सल्यानमा घर भत्किँद एकै परिवारका पाँच जनाको मृत्यु भएको छ । सल्यानको बागचौर नगरपालिका ४ सेतीगुराँस भन्ने स्थानमा अबिरल वर्षाले घरको दलिन र भित्ता भत्किँदा रामसिंह कामीका ६ जनाको परिवारमध्ये पाँच जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेहरुमा रामसिंह, उनकी श्रीमती रामकला, छोरी गंगा र प्रमिला तथा छोरा रुपलालको मृत्यु भएको हो । ११ वर्षीया छोरी सुनितालाई भने जिवितै उद्धार गरिएको छ । सुनिताको अवस्था सामान्य रहेको प्रहरीको भनाइ छ । घरमा सुतिरहेको बेला गएराति करिब साढे ९ बजेतिर घर भत्किँदा उनीहरु च्यापिएका जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

घटनास्थलमा स्थानीयबासी र सीमाखोली प्रहरी इकाइको टोलीले उद्धार गरेको थियो । सदरमुकामबाट प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुखसहितको टोली पनि घटनास्थल पुगेको छ । घटनास्थल सीमाखोली प्रहरी इकाइबाट करिब सात किलोमिटर पूर्वमा पर्दछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार