धनकुटामा सवारी दुर्घटना १७ यात्रु घाइते

  नयाँ बुलन्द
0 Shares

धनकुटा : धनकुटामा सवारी दुर्घटना हुँदा १७ यात्रु घाइते भएका छन् ।

सुनसरीको इनरुवाबाट धनकुटाको नमस्ते झरना घुम्न जाने यात्रु बोकेको को१ख ३५८३ नम्बरको गाडी कोशी राजमार्गअन्तर्गत कोल्बोटेमा दुर्घटना भएको हो । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ ।

ओरालो गइरहेको गाडी ब्रेक फेल भई भित्तामा ठोक्किँदा दुर्घटना भएको ट्राफिक प्रहरीले जनाएको छ । घाइते सबैलाई उपचारका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार