पुर्वि पहाडमा मोवाइलका २८ टावर थपिदै

इलाममा यस वर्ष ११ वटा टावर थप्ने

  नयाँ बुलन्द
0 Shares

 इलाम :  मोवाइलको नेटवर्क जाने, नेटवर्क नै नआउने समस्याबाट मुक्त गराउन नेपाल टेलिकमले इलाम, पाचथर र ताप्लेजुङमा यस बर्ष २८ वटा टावर थप गर्ने भएको छ ।

टेलिकमले इलाममा ११ वटा टावर थप्न लागेको नेपाल टेलिकम इलामका प्रमुख पंकज शाहाले जानकारी दिए । इलाममा अहिले ३१ वटा टावर मार्फत सेवा प्रदान गरिएको थियो ।

टेलिकमले इलामको दानावारी, गजुरमुखि, गोर्खे, जसविरे, पुवामझुवा, शान्तिडाँडा,जितपुर, फाकफोक, इलामबजार लगायतका स्थानमा विटिएस टावर स्थापना गर्न लागेका शाहाले बताए ।

इलाममा गत बर्ष ५ वटा टावर स्थापना गरिएको थियो ।  पाँचथरमा यस बर्ष १० वटा टावर स्थापना गर्ने योजना बनाएको उनले बताए । यस अघि त्यहाँ ११ टावरवाट सेवा प्रदान गरिएको थियो । यस बर्ष हाङबुङ,जोरपोखरी, लुफाबुङ,मौवा, सराङडाँडा, आकासेडाँडा र फिदिममा दुई वटा टावर स्थापना गर्ने योजना रहेको उनले बताए ।

११ वटा टावरवाट सेवा दिई रहेको ताप्लेजुङ्गमा यस पटक ७ वटा टावर स्थापना गर्ने योजना रहेको शाहाले बताए । ताप्लेजुङ्गको ढुंगेसागु, लिङखिम, मेहेले, निगुरादिन, साँगा, घुन्सा र तिरिङ्गेनमा टावर स्थापना गर्न लागेको बताए ।
टावर स्थापनाका लागि तीनवटा ठेकेदार कम्पनीले ठेक्का पाएको उनले जानकारी दिए । अहिले स्विकृत टावर मध्ये विधुत नपुगेको स्थानमा सोलार प्रविधिवाट सेवा प्रान गर्ने उनले बताए ।  यो सेवा विस्तारपछि अधिकांस स्थानमा टुजी सेवा र केहि स्थानमा थ्री जी सेवा उपलव्ध गराउने योजना रहेको उनले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार