काठमाडाै : बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङगालको खाडीको प्रयास (बिमस्टेक) को चौथो बैठक भाेली बिहीबारबाट सुरू हुँदैछ । बैठकमा सहभागी हुन विदेशी पाहुना आउने क्रम पनि सुरु भएको छ ।
– नयाँ दिल्लीमा सन् २०१८ को मे १० र ११ मा सम्पन्न भन्सार सञ्चालनसम्बन्धी कार्यदलको प्रतिवेदन ।
– ढाकामा सन् २०१७ को नोभेम्बर १३ र १४ मा सम्पन्न यातायात तथा सञ्चारसम्बन्धी बिमस्टेकको दोस्रो बैठकको प्रतिवेदन ।
– नयाँदिल्लीमा सन् २०१७ को नोभेम्बर २७ र २८ मा सम्पन्न बिमस्टेक कोस्टल सिपिङ एग्रिमेन्टसम्बन्धी प्रतिवेदन ।
– नयाँ दिल्लीमा सन् २०१८ को अप्रिल ९ र १० मा सम्पन्न बिमस्टेक मोटर भेइकल एग्रिमेन्टको प्रतिवेदन ।
– श्रीलंकाको कोलम्बोमा सन् २०१७ को नोभेम्बर २१ र २२ मा सम्पन्न बिमस्टेक टेक्नोलोजी ट्रान्सफर फेसिलिटीसम्बन्धी विज्ञ समूहले तयार गरेको प्रतिवेदन ।
– बंगलादेशको ढाकामा सन् २०१८ को मार्च २८ मा बिमस्टेकका सुरक्षा प्रमुखको दोस्रो बैठकले तयार गरेको प्रतिवेदन ।
– बंगलादेशको ढाकामा सन् २०१८ को अगस्ट १३ र १४मा सम्पन्न बिमस्टेकको संयुक्त कार्यदलले तयार गरेको प्रतिआतंकवाद र अन्तरदेशीय अपराधसम्बन्धी प्रतिवेदन ।
– थाइल्यान्डको चियाङ रायमा सन् २०१७ को नोभेम्बर १२ देखि १६ सम्म बसेको विज्ञ समूहको छैठौं बैठकले तयार गरेको कृषिमा सहकार्यसम्बन्धी प्रतिवेदन ।
– गरिबी निवारणसम्बन्धी सन् २०१७ को नोभेम्बर १ मा काठमाडौंमा सम्पन्न वरिष्ठ अधिकारीको बैठकले तयार गरेको प्रतिवेदन ।
– सन् २०१८ को डिसेम्बर १९ र २० मा श्रीलंकाको कोलम्बोमा गरिबी निवारणसम्बन्धी बैठकले तयार गरेको प्रतिवेदन ।
– सन् २०१७ को अक्टोबर २४ र २५ मा नयाँ दिल्लीमा परम्परागत औषधिसम्बन्धी बिमस्टेक कार्यदलको पहिलो बैठकले तयार गरेको प्रतिवेदन ।
– बंगलादेशको ढाकामा सन् २०१८ को अप्रिल ५ मा बिमस्टेक संयुक्त कार्यदलको विशेष बैठकले तयार गरेको स्थायी सचिवालय स्थापनासम्बन्धी प्रतिवेदन, त्यससम्बन्धी श्रीलंकाको कोलम्बोमा सन् २०१८ को जुलाई १० को बैठकको प्रतिवेदन, सचिवालयको अनुमानित बजेट तथा गाडी खरिदसम्बन्धी मस्यौदा ।
– बिमस्टेक चौथो शिखर सम्मेलनको घोषणा–पत्र मस्यौदा, समझदारी–पत्रमा हस्ताक्षरसम्बन्धी तयारी ।
– श्रीलंकालाई अध्यक्षता हस्तान्तरण तथा अर्को सम्मेलनको मिति तय ।