चुलाचुलीको पेल्टीमारीमा खोलाको कटान रोकिएन, वस्ती नै जोखिममा

  निशेष राई सत्यरुप
0 Shares

चुलाचुली : विधुवा खोलाले बर्षैनी कटान गर्दा इलामको चुलाचुली गाँउपालीका वडा नम्बर ४ पेल्टीमारीको सिंगो वस्ती नै उच्च जोखिममा परेको छ । खोलाले धार परिवर्तन गरि कटान सुरु गरेपछि मानव वस्ती जोखिममा पर्दै गएको हो ।

विगत केहि वर्षयता विधुवा खोलाले धार परिवर्तन गरेपछि वस्ती आसपासको जमिन कटान गर्र्दै आइरहेको छ । विधुवा खोलाले वर्खायाममा कटान तीव्र पार्न थालेपछि स्थानीय निकै चिन्तित बनेका छन । वर्सेनि खोलामा आउने बाढीको कटानले केहिको घर र जमिन समेत पूर्ण रुपमा कटान गरेपछि सुकुम्बासी बन्नुपरेको उनीहरुले गुनासो गरेका छन् ।

हुन त विभिन्न निकायहरुको सहयोगमा नदि नियन्त्रणको प्रयास पनि नभएको भने होईन । गत सालमा मात्र खोला नियन्त्रणका लागी १० लाख रुपैयाँ खर्चिएर तारजाली निर्माण गरिएको भएपनि तारजाली खोलाले बगाईदिएको स्थानीय मनिराम राईले बताए ।

खोला नियन्त्रणको पहल भईरहेको भए पनि पुर्ण रुपमा नियन्त्रणमा आउन नसकेको वडा नम्बर ४ का अध्यक्ष कालिदास भट्राई बताउँछन् । कटान नियन्त्रणका लागि स्थानीय सरकारले आफ्नो प्रयास जारी राखि राखेको भएपनि स्थानीय सरकारको पहलले मात्र समस्या समाधान नहुने अध्यक्ष भट्राइको भनाई छ ।

यसको दीर्घकालिन समाधानका लागि स्थानीय, प्रदेश र केन्द्र सरकारको समेत सहयोग आवश्यक रहेको गाउँपालीका उपाध्यक्ष निर्मला दाहालले बताए । दरविलो तटबन्धका लागी स्थानीय सरकारले प्रदेश सरकार संग समन्वय गरिरहेकोे उनले बताए ।

प्रत्येक वर्ष बर्खाको समयमा यस क्षेत्रका नागरिहरु त्रासदि पुर्ण जिवन विताउन बाध्य भएका छन् । कतिपय त सुकुम्बासी नै बनिसकेका छन । त्यसैतले यो समस्याप्रति सम्बन्धित निकायको ध्यान समयमै जान आवश्यक छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार