इलामको माङसेबुङमा ट्याक्सी पल्टियो

  सृष्टी लिम्बू
0 Shares

माङ्सेबुङ : इलामको माङसेबुङमा ट्याक्सी दुर्घटना भएको छ । दमकबाट माङ्सेबुङ आउँदै गरेको मे १ ज १३६४ नम्बरको ट्याक्सी सोमबार दिउँसो माङ्सेबुङ ५ को मझुवामा दुर्घटना भएको हो ।

दुर्घटनामा परी ट्याक्सीका चालक जोन लिम्बुको दाहिने हात भाँचिएको छ । उनलाई उपचारका लागि झापाको दमकतर्फ पठाइएको यात्री रनमान लिम्बुले जानकारी दिए ।

ट्याक्सीमा सवार १२ जना यात्रीहरु भने सबै सकुशल रहेका छन् । व्रेक फेल भएर ट्याक्सी सडकमा पल्टिएको थियो ।

वर्खाको समयमा माङ्सेबुङबासीले जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार