इलामलाई पराजित गर्दै झापा क्वार्टरफाइनलमा

  नयाँ बुलन्द
0 Shares

ताप्लेजुङ : रेड स्टार क्लव झापा ताप्लेजुङमा जारी तेस्रो पाथिभरा गोल्डकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । आइतबार सम्पन्न प्रतिस्पर्धामा रेडहर्स क्लब इलामलाई २–१ गोलअन्तरले पराजित गर्दै झापा क्वार्टरफाइनलमा पुगेको हो ।

सदरमुकाम फुङ्लिङ्स्थित भानु जनमाविको खेल मैदानमा सम्पन्न प्रतिस्पर्धात्मक खेलमा झापाले विदेशी खेलाडी मार्टिन्स र ग्लोरीको गोलको मद्धतले अघिल्लो चरणको यात्रा सुरक्षित ग¥यो । इलामका तर्फबाट इन्जूअरी समयमा संजय धिमालले सान्त्वना गोल गरे ।


खेलको म्यान अफ दि म्याच झापाका विवेक पौडेल घोषित भए । उनले नगद ५ हजार रुपैयाँ प्राप्त गरे । सोमबार न्यू स्टार क्लब झापा र कर्णसिंह सोनाम क्लब ताप्लेजुङबीच खेल हुने आयोजकले जनाएको छ ।

१० टोलीको सहभागिता रहेको प्रतियोगिताको विजेताले तीन लाख १ हजार १ सय ११ र उपविजेताले एक लाख ५१ हजार १ सय ११ रुपैयाँ नगद पुरस्कारसहित ट्रफी प्राप्त गर्नेछन् । प्रतियोगिताको फाइनल खेल आगामी भदौ १६ गते हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार