कञ्चनपुरको महेन्द्रनगरमा कर्फ्यु हट्याे

  नयाँ बुलन्द
0 Shares

कञ्चनपुर : जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले कर्फ्यु खुकुलो तुल्याएको छ ।

जनै पूर्णिमालाई लक्षित गरी आज बिहान ५ बजेदेखि १० बजेसम्म हटाएर पुनः लगाएको कर्फ्यु साँझ ६ बजेदेखि राति १० बजेसम्मका लागि हटाएको छ ।

राति १० बजेपछि भोलि बिहान ५ बजेसम्म भने कर्फ्यु लगाइने जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जनाएको छ ।

१३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्याको अनुसन्धानमा प्रहरीले लापरवाही गरेको भन्दै स्थानीयले विरोध प्रदर्शन उग्र बनाएपछि स्थानीय प्रशासनले कर्फ्यु लगाउँदै आएको हो ।

कर्फ्युले सबैभन्दा बढी विद्यार्थी र डेरामा बस्नेलाई समस्या भएको भन्दै स्थानीयले कर्फ्यु हटाउन माग गरिरहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार