चुलाचुलीमा हात्तीको उपद्रो

  निशेष राई सत्यरुप
0 Shares

 

 

चुलाचुली : इलामको दक्षिणी भेगमा रहेको चुलाचुली गाउँपालीकामा यो बर्ष पनि हात्तिको उपद्रो बढ्दो छ ।

झापा दमकको हंसेदुम्से सामुदायीक वन संग सिमाना जोडीएको चुलाचुली गउँपालीकाका बस्तिमा उक्त जंगलमा आएको जंगली हात्ती पसेर क्षती पुर्याउने गरेको स्थानियले बताएका छन् । छिमेकी जिल्ला झापाको दक्षीणी भारतीय सिमाना पारिबाट हंसेदुम्से सामुदायीक वनमा बर्र्षेनी हात्तीको आवातजावत हुने गरेको छ ।

चुलाचुलीको ५ नम्बर वडाको सिमाना उक्त जंगल संग जोडिएको हुनाले उक्त क्षेत्रबाट बर्षैनी हात्तीको बथान चुलाचुलीका बस्तिमा पस्ने गरेको स्थानिहरु बताउछन् । भारतीय सिमा पारिबाट आएका हात्तीको बथान बस्ति पस्दा स्थानियले लगाएको बालीमा क्षती पुर्याउने गरेको चुलाचुलीका स्थानियबासी राम कुमार राईले बताए । यसरी बस्तिमा पसेको हात्तीले बिशेष गरि धान पाक्ने सिजनमा खेतमा नै लगाएको धान खाएर सताउने गरेको स्थानियले बताएका छन् ।

बस्ति छिरेको हात्तीले बाली मात्र नखाएर कहिलेकाहिँ त स्थानियको ज्यान समेत लिएको उनिहरु बताउछन् । जंगली हात्तीबाट बर्षैनी हुने यस प्रकारको सतावटका कारण कतीपय त्यस बस्तिका नागरीक घरबार बिहिन समेत हुनुपरेको स्थानिय ललितबहादुर राई बताए । बस्तिमा जंगलीहात्तीको समस्या सामधानकालागी स्थानिय सरकारले तारबारको व्यवस्था गर्ने प्रक्रिया अगाडी बढाई सकेको गाउँपालीका प्रवक्ता रनवहादुर लिम्बूले बताए । हात्तीको आक्रमणबाट तत्काल बच्नका लागी साईरन मेसिन बितरणको कार्य भने भईरहेको उनले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार