बिहान हटाइएको कर्फ्यु पुनः सुरु

  नयाँ बुलन्द
0 Shares

कञ्चनपुर : कञ्चनपुरको महेन्द्रनगरमा बिहान ५ बजेदेखि १० बजेसम्मका लागि हटाइएको कर्फ्यु पुनः सुरु भएको छ । शनिबार साँझ बसेको जिल्ला सुरक्षा समिति कञ्चनपुरको बैठकले रक्षाबन्धनलाई मध्य नजर गर्दै पाँच घण्टाका लागि कर्फ्यु हटाइएको थियो ।

कर्फ्यु हटेपछि चहलपहल बढेको महेन्द्रनगर बजार पुनः सुनसान भएको छ । १३ बर्षीया निर्मला पन्तको बलात्कारपछि भएको हत्यालाई लिएर कञ्चनपुरको महेन्द्रनगर दिनानुदिन तनावग्रस्त बन्दै गएपछि प्रशासनले कफ्र्यु लगाएको थियो ।

पन्त हत्या प्रकरणमा प्रहरीले घटनाको २५ दिनपछि मुख्य अभियुक्तको रुपमा दिलिपसिंह विष्टलाई सार्वजनिक गरेको थियो । तर विष्ट मानसिक सन्तुलन गुमाएको व्यक्ति भएको भन्दै घटनामा संलग्न भएका वास्तविक अपराधीलाई प्रहरीले बचाउ गरेको आरोप स्थानीयले लगाउदै आएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार