कन्चनपुरका निर्मला पन्त र शनि खुनाका परिवारलाई १०/१० लाख रुपैंयाँ उपलब्ध गराइने

  नयाँ बुलन्द
0 Shares

काठमाडौं : सरकारले कन्चनपुरमा निर्मला पन्तको शव फेला परेको घटनालाई दुःखद् र निन्दनीय मान्दै पन्तको परिवारलाई राहतस्वरुप  १०/१० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ ।

हिजो साँझ बसेको मन्त्रिपरिषद्को बैठकले पन्तको परिवारलाई उक्त आर्थिक सहायता दिने निर्णय गरेको संचार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए ।

बैठकले पन्तको घटनालाई लिएर यही भदौ ८ गते कञ्चनपुरमा भएको प्रदर्शन र झडपका क्रममा मृत्यु भएका १४ वर्षीय शनि खुनालाई शहीद घोषणा गरी राहतस्वरुप १० लाख सहायता दिने निर्णय पनि गरेको मन्त्री बाँस्कोटाले जानकारी दिए ।

घटनाका घाइतेको सरकारले निःशुल्क उपचार गर्ने छ भने अङ्गभङ्ग भएकालाई आर्थिक सहायता उपलब्ध गराउनेछ ।

गृह मन्त्रालले गठन गरेको उच्चस्तरीय छानबिन समितिलाई भदौ ८ गतेको घटनाबारे पनि छानबिनको अख्तियारी दिइ छिटोभन्दा छिटो सत्यतथ्य पत्ता लगाई दोषीमाथि कडा कारवाहीको सिफारिश गराउन बैठकले मन्त्रालयलाई निर्देशन दिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार