नेपाली हिन्दु नारीहरुको ठुलो चाड तीजको रमझमको लहरले देश विदेश सबै तिर रहेका नेपालीहरुलाई खुशी छाएको छ । प्रवासमा पनि जे जसरी सकिन्छ त्यसरी नै तीजलाई मनाउने चलन बढ्दो छ । तीजको रमझमबाट धेरै नेपालीहरु रहेको जापान पनि यस बाट अछुतो छैन ।
जापानवासी नेपालीहरुले पनि तीज २०७५ लाई भव्यताका साथ मनाउन गैरहेका छन् । वृहत सांगीतिक माहोलमा तीज मनाउन ख्यातिप्राप्त कलाकारहरु राधिका हमाल , सुर्य खड्का , प्रजापति पराजुली, युवराज आचार्य लगायत कलाकारहरुको सहभागितामा यहि सेप्टेम्बर १० र ११ मा ठुलो सांगीतिक तीज कार्यक्रम हुदैछ ।
बिहुकोट समाज जापानको आयोजनामा हुने उक्त तीज धमाकामा धेरै नेपालीहरु सहभागी हुने आयोजकको आशा छ । कार्यक्रमको विस्तृत जानकारीको लागि तलको फोटोमा भएको सुचना हेर्नु होला ।