न्यायिक समितिको भूमिका र मेलमिलाप सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न

  नरेन इलामेली
0 Shares

 

माइजोगमाई : इलामको माइजोगमाई गाउँपालिकामा न्यायिक समितिको भूमिका र मेलमिलाप सम्बन्धी कार्यशाला गोष्ठी समपन्न भएको छ।

जर्मन सहयोगमा माइजोगमाई गाउँपालिका र मानव अधिकार मञ्च इलामको संयुक्त आयोजनामा शुक्रबार सुरु भएको कार्यशाला गोष्ठी शनिबार समपन्न भएको हो।

गाउँपालिकाका न्यायिक समितिका पदाधिकारी, सबै वडाका वडा अध्यक्षहरु, कार्यपालिकाका सदस्यहरु लगायतको उपस्थिति रहेको कार्यक्रममा स्थानिय तहबाट कसरी न्याय सम्पादन गर्ने र न्यायिक समितिको भूमिका कस्तो रहन्छ भन्ने विषयमा छलफल भएको थियो।

लामो समयको अन्तराल पछि भएको स्थानीय तहको निर्वाचनले स्थानीय तहमा एउटा मजबुत सरकारको अवधारणा ल्याएसँगै स्थानिय तहको उपप्रमुख वा उपाध्यक्षको संयोजकत्वमा हरेक स्थानिय तहमा न्यायिक समिति रहने र सो न्यायिक समितिले स्थानीय तह भित्रका विविध मुद्दा मामिला हेर्ने कानुनी व्यवस्था रहेको छ। न्यायिक समितिलाई न्याय क्षेत्रका स्थापित मुल्य मान्यताका आधारमा बिषयगत ज्ञान सीप प्रदान गरी प्रभावकारी बनाउने उद्देश्यले गोष्ठीको आयोजना गरिएको गाउँपालिका अध्यक्ष राईका निजी सचिब सञ्जिव थामीले बताए।

गोष्ठी पछि गाउँघरमा भएका मुद्दा मामिलामा छलफल गर्न ,मेलमिलापको वातावरण बनाउन र न्याय सम्पादन गर्न सहज हुने जनप्रतिनिधीहरुले विस्वास लिएको गाउँपालिकाको उपाध्यक्ष तथा न्यायिक समिति संयोजक सावित्रा भट्टराईले बताइन्।

न्यायिक समिति माइजोगमाई गाउँपालिकाका संयोजक‌ तथा गाउँपालिकाका उपाध्यक्ष सावित्रा भट्टराईको अध्यक्षता तथा गाउँपालिकाका अध्यक्ष जीत बहादुर राइको प्रमुख आतिथ्यता सम्पन्न गोष्ठीलाई मानव अधिकार मञ्च इलामका शिखरनाथ सापकोटा, बिरबहादुर खँड्का र पारस राईले सहजीकरण गरेका थिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार