इलाम : इलामका सुनचाँदी व्यवसायीहरुको लागि एक दिवशीय अभिमुखिकरण शनिबार (आज) इलाम सदरमुकाममा सम्पन्न भएको छ ।
सुनचाँदी व्यवसायी संघ, जिल्ला कार्य-समिति इलामद्वारा आयोजित अभिमुखिकरण कार्यक्रममा संघका कानुनी सल्लाहकार देवेन्द्र विश्वकर्मा, जिल्ला युवा समितिको कार्यालय इलामका अध्यक्ष नवराज शंकर, प्रहरी नायव उपरीक्षक टंक भट्टराई र लेखापरीक्षक चुडामणि खनालले सहजीकरण गरेकाे कार्यक्रममा संघका सबल पक्ष, समस्या, अवसर र चुनौतीको विश्लेषण, संस्था सञ्चालनमा ध्यान दिनुपर्ने आधारभूत कुराहरु, सुनचाँदी व्यवसायमा हुने सम्भावित अपराध न्यूनीकरणका उपायहरु, लेखा व्यवस्थापन लगायतका बिषयमा अभिमुखिकरण गरिएको थियाे ।
कार्यक्रमका अवसरमा सुनचाँदी व्यवसायी संघ इलामका अध्यक्ष देवेन्द्र शंकरले व्यवसायमा देखिएका समस्याहरुलाई न्यूनीकरण गर्न मद्दत मिलोस भन्ने उद्देश्यले अभिमुखिकरणको आयोजना गरिएको बताए।
तस्बिर सबै : नवराज शंकर