घरेलु टोली कर्णसिंह स्पोर्टिङ क्लवको सहज जित

  नयाँ बुलन्द
0 Shares

ताप्लेजुङ : ताप्लेजुङमा जारी तेस्रो पाथिभरा गोल्डकप अन्र्तगत आज भएको खेलमा कर्णसिंह स्पोर्टिङ क्लव ताप्लेजुङ विजयी भएको छ । फिदिम स्पोर्टिङ क्लव पाँचथरलाई ३–० गोल अन्तरले पराजित गर्दै ताप्लेजुङ अघिल्लो चरणमा प्रवेश गरेको हो ।

सदरमुकाम फुङ्लिङ्स्थित भानु जनमाविको खेल मैदानमा भएको प्रतिस्पर्धामा घरेलु टोली कर्णसिंह स्पोर्टिङ क्लव ताप्लेजुङ सुरुवातदेखी नै हावी भएको थियो । खेलको म्यान अफ दी म्याच ताप्लेजुङका विदेशी खेलाडी फोफो फोडोना घोषित भए । उनले नगद ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।

आइतबार रेडहर्स क्लब इलाम र रेड स्टार क्लव झापाबिच खेल हुने आयोजक समितिका सहसचिव भूपेन्द्र गुरुङले जानकारी दिए ।

१० टोलीको सहभागिता रहेको प्रतियोगिताको विजेताले तीन लाख एक हजार एक सय एक र उपविजेताले एक लाख ५१ हजार रुपैयाँ नगद पुरस्कारसहित ट्रफी प्राप्त गर्नेछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार