भवानी योङहाङको अध्यक्षतामा चुम्लुङ देउमाई नगर तदर्थ समिति गठन

देउमाई : किरात याक्थुङ्ग चुम्लुङको नयाँ विधान अनुसार देउमाई नगर शाखा समायोजन भएको छ ।

साविकका शाखाहरु समायोजन गरी भवानी योङहाङको अध्यक्षतामा २९ सदस्यीय किरात याक्थुङ चुम्लुङ देउमाई नगर शाखा तदर्थ समिति गठन भएको छ । साविकका देउमाई नगर शाखा, जितपुर गाउँ शाखा, सिदिथुम्का गाउँ शाखा, शान्तिडाँडा गाउँ शाखा र चमैता गाउँ शाखालाई समायोजन गरी देउमाई नगर तदर्थ समिति गठन गरेको हो ।

देउमाई शाखाका उपाध्यक्षमा लालबहादुर लिम्बू, महेन्द्र लिङदम, मानबहादुर येक्तेन, सचिवमा दिनेस तुम्बाङफे, सहसचिवमा तारावीर मोरोहाङ र हेमराज लोरिङदेन तथा कोषाध्यक्षमा पुर्णचन्द्र फियाक चयन भएका छन् ।

सदस्यहरुमा रन्जित मोरोहाङ, हेमराज लिम्बू, बिनिता नेम्बाङ, राजेन्द योङहाङ, रनवीर योङहाङ, पवित्रा चेम्जोङ, सान्ता येक्तेन लगायत रहेका छन् ।

आगामी १० असोजमा नगर अधिवेशन गर्ने तयारीका साथ आर्थिक र प्रचारप्रसार समिति समेत गठन गरेको छ ।

र्थिक समिती संयोजकमा हेमराज

त्यसैगरी हेमराज लोरिङदेनको संयोजकत्वमा आर्थिक समिति समेत गठन भएको छ । सदस्यमा पुर्णचन्द्र फियाक, रनवीर योङहाङ, सन्चमाया फियाक र
गोपाल येक्तेन छन् ।

प्रचारप्रसार समितिमा तारावीर 

त्यस्तै ताराबिर लिम्बू संयोजक तथा गजेन्द्र फियाक, स्याम योङहाङ र मनिसा लिम्बू सदस्य रहेको प्रचारप्रसार समिति समेत गठन भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार