पठनपाठन प्रभावित भएको भन्दै विद्यार्थीहरुले नगरपालिकामा पुगेर विरोध

इलाम : इलाम नगरपालिकाको आर्दश माध्यमिक विद्यालयको कक्षा ११ र १२ को प्रभातकालीन कक्षालाई दिउसो लगाउन नगर शिक्षा समितिले निर्देशन दिएपछि पठनपाठन प्रभावित भएको भन्दै विद्यार्थीहरुले नगरपालिकामा पुगेर विरोध जनाएका छन् ।
स्थापनाकाल देखि नै विहानी कक्षा लगाइ रहेको विद्यालयको भखभैतिक अवस्थालाई ध्यान नदिई नगरपालिकाले दिवा कक्षा लगाउन निर्देशन दिए पछि विद्यार्थी आन्दोलीत बनेका हुन् ।
विद्यार्थीहरुले विद्यालयमा भौतिक संरचनाको अभाव रहेकाले दिउसो पठन पाठन शुरु गर्दा पढाई प्रभावित हुने बताउदै मेयर महेस बस्नेतलाई गुनासो राख्न जानुपरेको बताए ।
विद्यालयका प्रधानअध्यापक कुमार पौड्यालले नगरपालिकाको पटक पटकको निर्देशन पछि दिवा कक्षा शुरु गरेको बताउनुभयो । उहाँले भौतीक संरचना अभावको कारण दिवा कक्षा पढाउन समस्या हुने बताउनुभयो ।
नगरपालिकाले फागुन ९ गते नगर शिक्षा समितिको बैठकको निर्णय भन्दै दिवा कक्षा लगाउन निर्देशन दिएको थियो ।
इलाम नगरपालिकाले भने शनिबार विद्यालय व्यवस्थापन समिति, शिक्षक सहतिको बैठक बसेर समसया समाधान गर्ने जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार