फोनिजले स्थापना दिवस मनायो, चार पत्रकार पुरस्कृत

काठमाडौँ : नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले आइतबार १९औं स्थापना दिवस मनाएको छ ।

काठमाडौंमा आइतबार आयोजित समारोहमा पत्रकारलाई पुरस्कार वितरणलगायत कार्यक्रम गरी फोनिजले स्थापना दिवसमनाएको हो। उक्त अवसरमा ‘आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०७५’ बाट चार पत्रकार पुरस्कृत भए ।

पुरस्कृत हुनेमा पत्रकार उजिर मगर (अनलाइन), भैरव आङला (टेलिभिजन), छेटु शेर्पा (छापा) र विमला चौधरी (रेडियो) छन्।उनीहरुलाई सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले पुरस्कार हस्तान्तरण गरेका हुन्। पुरस्कार राशि जनही ४०हजार रुपैयाँ रहेको छ ।

कार्यक्रममा सम्बोधन गर्दै सञ्चारमन्त्री बाँस्कोटाले पत्रकारिता क्षेत्रको समग्र विकासमा सरकार लागिरहेको बताए। उनले निर्बाध रुपमा पत्रकारिता गर्न आग्रह गर्दै प्रेस स्वतन्त्रतामा सरकारले काँडेतार नलगाउने प्रस्टिकरण दिए । स्वतन्त्रताकोनाममा केही मिडियाले विषयवस्तु बंग्याएर ‘ट्वीस्ट जर्नालिजम्’ गरेकोमा आपत्ति जनाउँदै उनले स्वच्छ, मर्यादित र जिम्मेवार पत्रकारिता गर्न आग्रह गरे ।

सरकारी सबै सञ्चारमाध्यम समावेशी रहेको दाबी गर्दै मन्त्री बाँस्कोटाले निजी समाचारमाध्यममा समावेशी हुन नसकेकोबताए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार