फाकफोकथुममा विश्‍व आदिवासी दिवस मनाइयो (फोटोफिचर सहित)

युद्धबहादुर बोहोरा

इलाम : इलामको फाकफोकथुम -१ मा २४ औं विश्‍व आदिवासी दिवस भब्यताका साथमा मनाइएको छ । विश्व आदिवासी दिवसको अवसरमा नेपाल आदिवासी जनजाती महासंघ वडा समन्वय परिषद फाकफोकथुम-१ ले कार्यक्रमको आयोजना गरेको थियो ।

परिषदका अध्यक्ष दानबहादुर तामाङको अध्यक्षता र वडा नम्बर १ की महिला सदस्य लक्ष्मीमाया राइको प्रमुख आतिथ्यमा दिवस मनाइएको थियो।

आदिवासीको मर्म र भावना अनुरुप १ नम्बर प्रदेश सरकारले दिवसलाई सार्वजनिक विदा स्वीकृत गतेकोमा प्रमुख अतिथि राईले प्रदेश सरकार लाई धन्यवाद दिइन् । आफ्नो जात अनुसारको धर्म संस्कार मान्न पाउने र आदिवासीको अधिकार सुनिश्चित गर्न जनप्रतिनिधिको हैसियतले सक्दो पहल गर्ने उनले बताइन् ।

त्यस्तै,कार्यक्रमका अध्यक्ष तामाङले भने ‘२१ औं शताब्दीमा आदिवासी जनजाती असक्षम छैनन्। अन्तराष्ट्रिय आदिवासी जनजाती र नेपालीको आदिवासी जनजातीको स्तर आकास पत्तालको फरक छ।नेपालका आदिवासी जनजाती अवसरको खाँचोमा बन्दकको अवस्थामा गुज्रिन बाध्य छन्।’ अब,आदिवासी फुटेर होइन जुटेर अघि बढ्न सके राज्यको हरेक क्षेत्रमा समान पहुँच लिन सकिने उनको भनाइ छ।

वडा नम्बर १ का अध्यक्ष टेकवीर नेम्वाङले आफ्नो अनुपस्थितमा कार्यक्रम सफलताको शुभकामना पत्र पठाएका थिए।

कार्यक्रममा संघीय समाजवादीका प्रतिनिधि टीका सम्बाहाम्फेले आदिवासीको पृष्ठभुमि र संविधानमा वञ्चित गरिएका अधिकारको व्याख्या गरेका थिए भने नेपाली काँङ्ग्रेसका टहलमान देवान, नेकपाका हेमकर्ण निरौला, शिक्षक रुपनारायण अधिकारी, नेपाल मगर संघ, किराँत राई योयाक्खा समाज, नेपाल नेवार संघ, किराँत याक्थुङ्ग चुम्लुङ्ग, नेपाल तामाङ घेदुङ्ग संघ र किराँत देवान समाज लगायतका प्रतिनिधिहरु लगायतले शुभकामना मन्तव्य राखेका थिए।

त्यस्तै, कार्यक्रममा  वडा न. १ को आर्थिक सहयोग र परिषदको आयोजनामस गत महिना परियोजना प्रस्तावना लेखन सम्बन्धि तालिममा सहभागी २९ जनालाई प्रमुख अतिथि र अध्यक्षबाट प्रमाणपत्र प्रदान गरिएको थियो।

ढोल नाँच,डम्फु नाँच,झाँकी लगायत विविध मनोरञ्जनात्मक साँस्कृतिक कार्यक्रममा कलाकार,जातीय पहिरन लगाएका जनजाति समुदायका मानिसहरु, समाजसेवी, बुद्धिजीवी सहित पाँच सयभन्दा बढिको उपस्थित थियो।

चुम्लुङ्गका सदस्य देउप्रसाद लिम्बूले स्वागत मन्तव्य राखेको कार्यक्रम घेदुङ्ग संघ सदस्य पेमा तामाङ र चुम्लुङ्ग सदस्य विरमान लिम्बुले संचालन गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार