बस दुर्घटनामा २२ यात्रु घाइते 

नयाँ बुलन्द

रौतहट : रौतहटको चन्द्रपुर-४ स्थित पुर्व पश्चिम राजमार्गमा आज बस दुर्घटना हुदा  २२ जना यात्रु  घाईते भएका छन् ।

पोखराबाट जनकपुर आउँदै गरेको ना ५ त ४५६२ नम्बरको बसको अगाडीको चक्का पड्कदा पुर्ब पश्चिम राजमार्गको चन्दपुर-४ लमाहाजङ्गल क्षेत्रमा दुर्घटना भएको जानकारी प्रहरीले गराएको छ।

दुर्घटनामा परी रौतहटको ईशनाथ नगरपालिका निबासी ३२ बर्षिय सन्तोष गुप्ता गम्भिर घाईते भएका छन । सबार अन्य यात्रु सामान्य घाईते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटले जनाएको छ ।  घाइतेहरुको चन्द्रनिगाहपुर अस्पतालमा उपचार भैरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार