प्रहरीद्वारा इलाममा गाँजा खेती नष्ट

नयाँ बुलन्द

इलाम : इलामको देउमाई नगरपालिकाका एक स्थानीयले घरबारीमा लगाएको गाँजा खेती प्रहरीले फडानी गरी नष्ट गरेको छ ।

देउमाई नगरपालिका वडा नम्बर ६ वाफ्रुङका मानबहादुर राईको घरबारीमा लगाईएको गाँजा खेती जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय मंगलबारेको प्रहरी टोलिले शनिबार नष्ट गरेको हो ।

यसैबीच प्रहरीले राईको घरमा लुकाईछिपाई राखेको ३ सय ग्राम गाँजासहित राईलाई पक्राउ गरेको छ । राईलाई जिल्ला प्रहरी कार्यालय इलाममा ल्याई आवश्यक अनुशन्धान भईरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार