इलाममा आयोजित आधारभूत पत्रकारिता तालिम सकियो

नयाँ बुलन्द

इलाम : इलाममा आयोजित तीन दिने निशुल्क आधारभूत पत्रकारिता तालिम मंगलबार सकिएको छ ।

जिल्लाका विभिन्न सञ्‍चारमाध्यममा कार्यरत आदिवासी जनजाति पत्रकारहरुमा क्षमता विकास गरी व्यवसायिक बनाउने उद्देश्यले  नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फनिज) जिल्ला शाखा इलामले तालिमको आयोजना गरेको थियो ।

तालिममा जिल्लाका विभिन्न सञ्चारमाध्यममा कार्यरत ३७ आदिवासी जनजाति पत्रकारहरुको सहभागिता रहेको थियो । तालिममा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) संघीय कार्यसमिति सचिव कमन देवान, कान्तिपुर दैनिकका उपसम्पादक विप्लव भट्टराई र फोनिज इलामका अध्यक्ष  तथा नयाँ बुलन्द डटकमका सम्पादक राम योङहाङले सहजीकरण गरेका थिए ।

फोनिज इलामका अध्यक्ष राम योङहाङको अध्यक्षतामा र जिल्ला समन्वय समिति इलामका प्रमुख गणेशप्रसाद बरालको  प्रमुख आतिथ्यतामा भएको समापन कार्यक्रममा सहभागीहरुले कार्यक्रम प्रभावकारी भएको प्रतिक्रिया दिएका थिए । सहभागीहरु प्रिया राई र सनम राईले पत्रकारिता क्षेत्रमा प्रवेश गर्दै गरेकाहरुका लागि तालिम अत्यन्तै प्रभावकारी भएको प्रतिक्रिया दिएका दिए ।

कार्यक्रममा प्रमुख अतिथी बरालले पत्रकारिता क्षेत्र राज्यको चौथो अंगको रुपमा रहेको भन्दै कार्यपालिका, व्यवस्थापिका र न्यापालिकासँग उचित समन्वय गरी काम गर्न सुझाव दिए । प्रमुख प्रशिक्षक कमन देवानले तालिममा सिकेका सीपलाई व्यवहारिक जीवनमा उपयोग गरी समुदाय र राष्ट्र निर्माणका लागि कलम चलाउन सहभागीहरुलाई सुझाव दिए ।

कार्यक्रममा सहभागीहरुलाई प्रमाणपत्र समेत प्रदान गरियो । प्रमुख अतिथी बरालले सहभागीहरुलाई प्रमाणपत्र प्रदान गरे । सयका साथै फोनिज जिल्ला शाखाका तर्फबाट प्रमुख प्रशिक्षक कमन देवानलाई धन्यवादपत्र समेत प्रदान गरिएको थियो । देवानलाई प्रमुख अतिथी बराल र अध्यक्ष योङहाङले स‌युक्त रुपमा धन्यवादपत्र हस्तान्तरण गरेका थिए ।

समापन कार्यक्रमको सञ्चालन फोनिज इलामकी सहसचिव सृजना श्रेष्ठले गरेकी थिइन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार