नयाँ बुलन्द
इलाम : नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) इलाममा तीन दिने निशुल्क पत्रकारिता तालिमको आयोजना गर्दैछ ।
जिल्लाका विभिन्न सञ्चारमाध्यममा कार्यरत आदिवासी जनजाति पत्रकारहरुको दक्षता अभिवृद्धि गरी व्यवसायिक बनाउने उद्देश्यले तालिमको आयोजना गर्न लागेको नेपाल आदिवासी जनजाति पत्रकार महासंघ इलामले जनाएको छ ।
तालिमको उद्घाटन आइतबार विहान ११ बजे नेपाल आदवासी जनजाति महासंघको हलमा हुने नेपाल आदिवासी जनजाति पत्रकार महासंघ इलामका अध्यक्ष राम योङहाङले जानकारी दिए । तालिममा जिल्लामा क्रियाशील ३० बढी आदिवासी जनजाति पत्रकाहरुको सहभागिता रहने योङहाङले बताए ।
तालिम सञ्चालनका लागि इलाम नगरपालिका, चुलाचुली गाउँपालिका र रोङ गाउँपालिकाले आर्थिक सहयोग गरेको छ ।

























































