शिक्षक महासंघले ज्ञापनपत्र बुझाउने

गोबिन्द पौडेल

इलाम : नेपाल शिक्षक महासंघ जिल्ला समितिको निर्णय अनुसार भोली इलाम दशवटै स्थानिय तहमा ज्ञापन पत्र बुझाइने भएको छ ।

शिक्षकको पेशागत हक हित रशैक्षिक सुधारका लागि राष्टिय समितिबाट पारित र इलाम जिल्लाको हकमा थप पाच सुत्रिय माग जिल्लाको सबै स्थानिय निकायहरुमा बुझाइने भएको हो ।बिगतमा सरकार र शिक्षक महासंघ बिच भएका संझौता कार्यन्वयन गराउन र शैक्षिक क्षेत्रमा रहेको अन्य समस्याहरु समाधानकोलागि स्थानिय स्तरबाटनै सरकारलाइ दवाव दिन स्थानिय स्तरमा ध्यानाकर्षण गराउन लागिएको नेपाल शिक्षक संधका सचिव तथा इलाम नगरपालिकाको संयोजा जयनारायण भट्टराइले बताए ।

इलाममा नेपाल शिक्षक महासंघमा आवद्ध रहेका पाचबटा शिक्षक संगठनहरुका सदस्यहरु सहभागी रहने र र सबैलाइ सहभागी हुन नेपाल शिक्षक महासंघ इलामले अनुरोध गरिएको छ ।अस्थाइ शिक्षकको स्थगित परिक्षा यथाशिघ्र संचालन गरिनु पर्ने , राहत शिक्षकहरुलाइ दर्वन्दि कायम ,कर्मचारीहरुको दर्वन्दि कायम , दश बर्ष कार्यरत रहेकाहरुलाइ पदोन्नती लगायतको माग रहेकोर शिक्षक महांसंघ इलामले महासंघका पदाधिकारीहरुलाइ इलामको दशै स्थानमा संयोजक तोकेर ज्ञापन पत्र बुझाउन लागेको शिक्षक संघ इलामका अध्यक्ष डोरकुमार पौडेलले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार