काठमाडौं : सरकारले शैक्षिक योग्यताको प्रमाण पत्र राखेर ऋण दिने भएको छ ।
संसद्मा मंगलबार आर्थिक वर्ष २०७५/०७६ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले शैक्षिक योग्यताको प्रमाण पत्र राखेर ऋण दिने व्यवस्था गरेको जानकारी दिएका हुन् ।
उनकाअनुसार ५ प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराउने बताएका हुन् । शैक्षिक योग्यताको प्रमाण पत्र राखेर सात लाख रुपैयाँसम्म ऋण दिने अर्थमन्त्री खतिवडाले जानकारी दिए ।