काठमाडौं : सरकारले कक्षा पाँचसम्म पढ्ने विद्यार्थीलाई विद्यालयमै दिउसोमा खाजाको व्यवस्था गर्ने भएको छ।
आज संसदमा बजेट प्रस्तुत गर्दै अर्भमन्त्री खतिवडाले स्थानीयस्तरमा उत्पादन हुने परिकारबाट विद्यार्थीलाई खाजा खुवाउने घोषणा गरेका हुन्।
बजेटमा प्राविधिक शिक्षालाई जोड दिइएको छ भने विद्यालय भर्ना अभियान प्रभावकारी बनाउने, माध्यामिक तहसम्मको शिक्षा निःशुल्क गर्ने र विशेष अभियान चलाएर निरक्षरता निर्मुल गर्ने कुरा उल्लेख गरिएको छ ।















































