काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टिमका युवा स्पिनर सन्दिप लामिछानेले आज इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा डेब्यु गर्ने भएका छन्।
रोयस च्यालेञ्जर्स बेंग्लोरविरुद्ध घरेलु मैदान फिरोज शाह कोटलामा टस हारेर व्याटिङ्गको निम्तो पाएको दिल्लीले सन्दिपलाई राति ८ बजेर १५ मिनेटमा हुन लागेको खेलमा मैदानमा उतार्ने भएको हो।
दिल्लीले आफ्नो आधिकारिक ट्वीटर ह्याण्डलमा ११ खेलाडीको नाम उल्लेख गरेको छ। जसमा सन्दिपको नाम ७ औं नम्बरमा छ।
यसअघि नेपाल भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले काठमाडौं महानगरपालिकाद्वारा आयोजित नागरिक अभिनन्दन समारोहमा नेपाल आइपीएलसँग जोडिएको र पहिलोपटक नेपाली नौजवान सन्दिप लामिछाने खेलिरहेको भन्दै नेपाल–भारत सम्बन्धको उदाहरण दिएका थिए।