गोबिन्द पौडेल
रोङ : दुइबर्ष अगाडी बाबुको निधन भयो । संरक्षण गर्दै आएकी आमाको पनि केही महिना अगाडी निधन भयो घरमा अवोध तीन बालबालिकाहरु मात्र रहेका छन् । उनीहरुको लागि शिक्षाको आवश्यक छ साथै जीवन निर्बाहको पनि ।
यो कुनै चलचित्रको कथा होइन , रोङ गाउपालिका बडा नं ६ रम्भ्याङमा रहेको वालबालिकाहरुको वास्तबिकता ।
बाबु टिका बहादुर राइको निधन भएको बर्ष दिनपछि आमा भिम कुमारी राइको पनि देहवासन भयो । उनिहरुको चार जना छोराहरुको बिचल्ली ।
बाबु आमाले जसोतसो पालेका नानीहरु आफै जीवननिर्वाहको लागि लाग्नु पर्न थाल्यो । सात कक्षामा पढ्दै गरेका दाजु रुबिन राइले पढाइ छाडेर भाइहरुको भरण पोषणमा लागे । बाजेको पैतृक जग्गा समेत पहिरोले बगाएको कारण उनिहरुको लागि भागमा खासै जगगा जमिन पनि नरहेपछि बिकल्प पनि रहेन । अहिले दाजु रुबिन काम गर्न घर बाहिर गएका छन् । घरमा दाजु १४ बर्षका प्रबिन राइ र एक भाइ प्रमोस राइ मात्र रहेको र साना भाइ प्रसन भने आफ्ना बाजेको घरमा बसेका छन् ।
अत्यान्तै गरिब परिबारमा परेको लगातारको बज्रपातले उनिहरुको माया त खोसियो नै तर भबिष्य समेत अन्यौलमा परेको छ । अहिले गाउकै सरस्वती माध्यामिक बिद्यालयमा दाजु प्रबिन आठ कक्षामा अध्ययन रत छन् भने अन्य दुइजना भाइहरु चार कक्षामा पढि रहेका छन् ।
दाजुले कमाएका. सानो अंशको बाबजुत छुट्टीको समयमा मेलापात गरेर आफु र भाइहरुको हेरचाह गर्दै गरेको दाजु प्रसिबन बताउछन् । उनी भन्छन् पोहोरको साल त तीनकिलो अलैची भएको थियो हेरौ यसपाली कति हुन्छ । हाल सम्म पनि कहि कतैबाट पनि सहयोग नभएको उनिहरुलाइ सहयोग गर्न कोहि निस्कीएका पनि छैनन् । पढाइमा राम्रै रहेको प्रबिन गीत समेत गाउन सिपालु रहेको बिद्यालयका शिक्षक बिदुर तामाङले बताए ।
मुलुकमा असाहय र अनाथहरुको लागि सहयोगको लागि थुप्रै स्स्थाहरु भएपनि उनिहरुको नजरमा यी बालबालिकाहरु परेका छैनन् । न्युनतम एस. इ इ सम्म अध्ययनमा सहयोग गर्नसके मानबिय नाता जोडिन सक्ने र सरकारका मन्त्रि र जनप्रतिनिधिहरु मै बन्छु अभिभावक भनेर संरक्षक बन्ने होड चलिरहेको बेलामा दुर्गम गाउका अनाथहरु पढ्दै गरेका भएपनि उनिहरुको पढाइ त हैन खाना नै खान नपाउने अवस्थामा रहेकोले सहयोगी मनहरु अगाडी आउन जरुरी रहेको छ ।






















































